• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

“गाई काटेर खानु पाउनु पर्छ भन्ने राधिकाले कुकुर खान्छिन् खाँदिनन् ?”


चैत १६, काठमाण्डौँ ।

राष्ट्रिय प्रजातान्त्रिक पार्टीका सांसद् राजेन्द्र लिङ्देनले गाई काटेर खाने प्रति घोर विरोध जनाएका छन्। उनले एक अन्तरर्वाताको कुराकानीमा भने जनावर काटेर खानु पाउनु पर्छ भन्ने संवैधानिक व्यवस्था हुनुपर्छ भन्न नमिल्ने बताए ।

उपसभामुख राधिका तामाङ्गले गाई काटेर खानु पाउनु पर्छ भन्ने कुरा भने पनि नभने पनि यो अशोभनीय भएको बताए । उनले भने – ‘अहिलेको शताब्दीमा गाई मात्रै हैन कुनै पनि जनावरलाई काटेर खानु हुँदैन । पशु अधिकार को कुराहरू छन् त्यसैले पनि यस्तो कुरा गर्नु उचित छैन । त्यसै माथि राष्ट्रिय जनावर गाई खानु पाउनु पर्छ भनेर भन्नु निन्दनीय छ, भत्सना पूर्ण छ ।

सडकहरूमा बग्रेल्ती छाडा छोडिएको गाइगोरु मात्रै हैन त्यतिकै मात्रामा कुकुर पनि छन् के त्यसलाई पनि काटेर खान पाइन्छ त रु पाइँदैन नि १ त्यसैले कुनै पनि जनावर काटेर खान पाउनु पर्छ भनेर नारा लगाउनु निन्दनीय छ, भत्सर्ना योग्य छ । यसको बिषयमा म निन्दा र भत्सर्ना गर्न चाहन्छु । संविधानमा जे व्यस्था छ त्यही अनुसार राष्ट्रिय जनावर गाई काटेर खान पाइँदैन ।’

उनले आक्रोशित हुदै भने-‘ गाई काटेर खान्छु भन्नेहरूले किन कुकुर काटेर खान्छु भन्दैनन?’ यही बिसयलाई लिएर जुन हिसाबले हाम्रो जातीय सद्भाव धार्मिक सद्भाव बिथोलिने क्रियाकलापहरु बढ्ने सम्भावना धेरै बढ्दै गएको छ । गाई यसैले काट्न पाइन्दैन संविधानले यसो भन्छ । कि त संविधान सम्शोधन नै हुनु पर्‍यो । जुन बेलासम्म यो व्यवस्था हुन्छ त्यो बेलासम्म यस्तो कुरा गर्न नहुने बताए ।

प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले गाई काटेर खानु पाउनु पर्छ भन्ने संविधान बनाउने समाचारहरू लगायत सामाजिक संजालमा भाइरल समेत भएको थियो । पछि उनले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले अमर्यादित गतिविधि देखाएको भन्दै त्यसबाट आफू दुःखी भएको उल्लेख गरेकी थिइन् ।

प्रकाशित मिति : २०७४ चैत्र १६ गते शुक्रवार