• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

प्रभावसाली नेता खुमबहादुर खड्काको निधन, यस्तो थियो उनको राजनीतिक यात्रा ?


चैत १६, दाङ ।

नेपाली कांग्रेसका प्रभावसाली नेता तथा पुर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । उनको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हिमालय पोष्टलाई बताए अनुसार नेता खड्काको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा शुक्रबार बेलुका ५ः१५ मा निधन भएको हो ।

अपोलो अस्पतालमा उपचाररत नेता खड्काको स्वास्थ्य अवस्था बुझ्न कांग्रेसले चैत १३ गते केन्द्रीय सदस्यद्वय रमेश लेखक र शंकर भण्डारीलाई भारत पठाएको थियो ।

शुक्रबार मात्रै स्वदेश फर्किएका नेता लेखकले आजको केन्द्रीय कार्यसमितिको बैठकमा बिरामी नेता खड्काको स्वास्थ्य अवस्था गम्भीर रहेको र थप उपचारका लागि अल इण्डिया मेडिकल कलेजमा सार्ने तयारी भइरहेको जानकारी गराएका थिए ।

खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए। अघिल्लो महिना उनको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो। केही समय थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका खड्कालाई थप उपचारका लागि फागुन ६ गते नयाँदिल्ली लगिएको थियो।

खड्काको राजनीतिक यात्रा 
दाङबाट कांग्रेसको राजनीति थालेका खड्का २०४८, ०५१ र ०५६ तीनपटक नै प्रतिनिधिसभाको सदस्य भए । २०४८ सालदेखि २०५८ सालसम्म ८ पटक मन्त्री भए । उनी धेरैपटक मन्त्री हुने व्यक्तिको सूचीमा पर्छन् ।

मन्त्री हुँदा उनले लरोतरो मन्त्रालय रोजेनन् । सिधै गृह र अरु मालामाल हुने मन्त्रालय सम्हाले । २०५१ सालमा एमालेको ९ महिने शासनकाल र २०५२ मा लोकेन्द्रबहादुर चन्दको पालामा बाहेक ०५८ अघिको हरेक सरकारमा उनको हालिमुहाली थियो । पावरफूल मन्त्री भएकाले उनलाई कसैले छुन सकेन । उनी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला पनि यिनी मन्त्री भए, शेरबहादुर देउवा भएको थिए ।

२०५९ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा पर्नुअघिसम्म उनलाई सबैले मान्थे पनि । शक्तिशालीसँगै लोकप्रिय पनि थिए । तर जब उनले भ्रष्टाचारको मुद्दा खेपे, त्यसपछि यिनको लोकप्रियता घट्यो ।

२०६३ मा विशेषले सफाई दिएपछि उनी फेरी राजनीतिमा आए । कांग्रेसको १३औँ महाधिवेशनमा उनले देउवालाई सभापति बनाउनुमा महत्वपूर्ण भुमिका खेलेका थिए

प्रकाशित मिति : २०७४ चैत्र १६ गते शुक्रवार