• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

यीनै हुन् छोरीको हत्या गरेर जलाउने सौतेनी आमा र रगत मिसिएको बाबु


चैत १६, पर्सा ।

कान्छी श्रीमतीलाई खुशी बनाउन बुबाले अाफ्नै छोरीको गरेका छन् । सौतेनी अामा र बुबा मिलेर एक १६ वर्षीय नेहाकुमारीको हत्या गरेको खुलासा भएको छ ।

पर्सा प्रहरीले छोरीको हत्या गरेको आरोपमा वीरगन्ज महानगरपालिका-१५ भिस्वाका सत्यनारायण वर्णवाल र उनकी कान्छी पत्नी गीता कुमारीलाई पक्राउ गरेपछि रहस्य खुलेको हो ।

प्रहरीका अनुसार नेहालाई सौतेनी अामा गीता र बुबा सत्यनारायण मिलेर फागुन १३ गते हत्या गरेका थिए । उनीहरुले नेहाको हत्या गरेर कसैलाई जानकारी नै नदिएर इ रिक्सामा शव राखेर वीरगन्जको रानीघाटस्थित शम्सानघाटमा पुर्याएर जलाउन लगाएका थिए । नेहालाई गाउँ घरमा नदेखेपछि छरछिमेकले सोधखोज गरेका थिए ।

नेहाकी सौतेनी अामाले सधैं कचकच गरिरहने भएका कारण स्थानीयले शंका लागेर सोध्दा गीताले छोरी फुपूको घर भएको बताउँदै अाएकी थिइन् । शंकाकै अाधारमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सत्यनारायण र गीतालाई पक्राउ गरेर प्रहरीले सोधपुछ गर्दा हत्या गरेको स्वीकार गरेका थिए ।

जिल्ला प्रहरी पर्साले थप अनुसन्धानको लागि सत्यनारायण र गीतलाई हिरासतमा राखेको छ ।

प्रकाशित मिति : २०७४ चैत्र १६ गते शुक्रवार