• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

राजु परियार हराउनुको कारण आफै मिडियामा आएर यस्तो खुलासा गरे ? (भिडियोसहित)


चैत १६, काठमाण्डौँ ।

कुनै बेलाका लोक तथा दोहोरी गीतका बादशाह राजु परियार पछिल्लो समय त्यती देखीदैनन् ।

उनी नेपाली लोक संगीतबाट हराउँदै गएको आरोप लगाउनेहरु धेरै छन् । करिब १५ हजार भन्दा बढी नेपाली लोक तथा दोहोरी गीतमा आवाज दिईसकेका राजु परियारले । केही बर्ष पहिले राजु परियारको नाम नभएका एल्बमहरु बिक्री हुन गाह्रो हुन्थ्यो जति बेला गीतहरु रिल तथा चक्का प्रबिधिमा थिए । पछिल्लो समय उनले दारौं सिरुवारी गीत बजारमा ल्याए जुन सर्वा्धिक चर्चा पाएको गीत हो ।

सामाजिक चेतनाका गीतहरुमा पनि उनले उत्तीकै आवाज दिएका छन् र आफैले पनि प्रस्तुत गरेका छन् । सुनपानीले छर्क मायालु.. रुमाल धोको छु जस्ता समाजिक चेतनाका गीतहरुपनि उनको चर्चित गीत हुन् । पछिल्लो समय बिदेशका कार्यक्रममा बढी व्यस्त हुने राजुले अब छिटै कोमल वलीको पोईल जान पाम गीतलाई जवाफको रुपमा कोमल वलीसंगै गाएर निकाले कुरा अन्तरवार्ताकै क्रममा खुलासा गरे ।

उनी भन्दै थिए राजु परियारलाई न रक्सीले न केटी कसैले बिगारेका होईनन् बिदेशको कार्यक्रम बढी पर्ने भएकाले त्यता बढी जानुपरेको खुलासा समेत गरे । राजु परियाले अहिले सम्म मिडियामा नभनेका धेरैकुराहरु यस अन्तरवार्तामा पहिलो पटक भनेका छन् ।

अन्तरवार्ता

प्रकाशित मिति : २०७४ चैत्र १६ गते शुक्रवार