• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

खुमबहादुर खड्काको शव राति ९ बजे ल्याइने, अन्तिम संस्कार भोलि ३ बजे आर्यघाटमा


चैत १७, काठमाडौं ।

उपचार क्रममा भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएका नेपाली कांग्रेसका नेता खुमबहादु खड्काको शव आज राति ९ बजे ल्याइने भएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शुक्रबार निधन भएका खड्काको शव फ्लाइट मार्फत शनिवार राति ल्याइन लागिएको हो । पूर्व गृहमन्त्री समेत रहेका खड्काको पाथृव शरिर श्रद्धान्जलीका लागि भोलि बिहान ९ बजे देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ ।

भोली ११ बजे बस्ने केन्द्रीय समितिको बैठकले श्रद्धान्जली एवम् शोक प्रस्ताव पारित गर्ने शर्माले जानकारी दिए । उनका अनुसार अन्तिम संस्कार भोली अपरान्ह ३ बजे पशुपति आर्यघाटमा गरिनेछ ।

प्रभावसाली नेता खुमबहादुर खड्काको निधन, यस्तो थियो उनको राजनीतिक यात्रा ?

प्रकाशित मिति : २०७४ चैत्र १७ गते शनिवार