• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

मुख्यमन्त्री शेरधन राईको घरमा पुर्जी टाँसियो, १५ दिनभित्र उपस्थित हुन् अदालतको आदेश


चैत १७, काठमाडौँ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको घरमा पुर्जी टाँसिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद् मातहत रहेको केन्द्रीय जनअदालत रोल्पाले १५ दिनभित्र राईलाई उपस्थित हुन भन्दै पुर्जी टाँसेको हो ।

भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हाल आमचोक गाउँपालिका वडा नं. ३,पसल भञ्ज्याङमा रहेको निवास र नविास नजिकै रहेको शिक्षा ज्योती माध्यमिक विद्यालय पसल भन्ज्याङ र साविक गा.वि.स.को कार्यालय तथा हालको वार्ड कार्यालयमासमेत पुर्जी टाँसिएको स्थानीयले बताएका छन् ।

शुक्रबार दिउँसो राईको निवासमा उनको बाबु जागिरमान राईको उपस्थितिमा केन्द्रीय जनअदालतबाट जारी गरिएको उक्त पुर्जी टाँसिएको छ ।

शेरधनका बाबु जागिरमान राईको उपस्थितिमा पुर्जी टाँसिएको

यस्तो छ पुर्जी
“जागिरमान राईको छोरा भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हला आमचोक गाउँपालिका वडा नं. ३ बस्ने तपाई शेरधन राईको विरुद्धमा केन्द्रीय जनअदालत रोल्पामा ‘२०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जन–स्वयमंसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनगरतर्फ जाँदै गर्दा नेपाल कम्युनिस्ट पार्टीका नेताहरु हेमन्त प्रकाश ओली ‘सुदर्शन’ एवं पदम राई र पार्टी सम्बद्ध थुप्रै युवाहरुलाई विराटनगरमा गिरफ्तार गरी झुट्ठा मुद्दा लगाएको र २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरणराईलगायत थुप्रै नेताहरुलाई बिनाकारण गिरफ्तार गरी गैर कानुनी रुपमा धनकुटामा थुनामा राखेको’ भन्ने मुद्दा परेको हुँदा सो सम्बन्धममा आवश्यक अनुसन्धान भइरहेको र तपाईसमेतलाई बुझ्नु पर्ने भएकोले यो सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ । तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनसुसार हुने कुराको जानकारी समेत गराइन्छ ।”

भोजपुर जिल्ला अदालतलेको अादेशमा नेकपाका महासचिव विप्लव नेताहरु प्रकाण्ड र धर्मेन्द्र बास्तोलाको नाममा पक्राउ पुर्जी जारी गरिएको छ । नेकपाका प्रबक्ता प्रकाण्डको घरमा पक्राउ पुर्जी टाँस्न गएका सुरक्षाकर्मीलाई स्थानीयले लखेटिदिएका थिए ।

प्रकाशित मिति : २०७४ चैत्र १७ गते शनिवार