• २०७७ मङ्सिर २० गते शनिवार
  • Preeti To Unicode

ओलीको भारत भ्रमण टुंगिएपछि प्रचण्डले मञ्चबाटै भारतलाई दिए यस्तो चेतावनी ?


चैत १७, काठमाण्डौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भारत भ्रमणमा जानै लाग्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मञ्चबाटै भारतलाई चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लबको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै विदेश नीतिका सम्बन्धमा छिमेकीसँग सन्तुलित भन्दा पनि ‘फुटाउ र राज गर’को नीति अपनाइएको बताएका हुन् । उनले अब जनता सार्वभौम बनेको बताए । ‘अब समय फेरिएको छ, जनता सार्वभौम बनेका छन्’, उनले भने, ‘हामी प्रो इन्डियन र प्रो चाइनीज होइन प्रो नेपाली हौं।’

यता प्रधानमन्त्री ओलीको पहिलो बिदेश भ्रमण भारतलाई तोकिएको छ । प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा जम्बो टोली रहने छ। परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्समा बिजनेस क्लासका सबैसहित जम्मा ५५ सिट बुकिङ गरेको छ ।

२३ चैतमा काठमाडौंबाट दिल्ली र २५ चैतमा दिल्लीबाट काठमाडौंका लागि सिट बुक गरेको हो । ‘सम्माननीय प्रधानमन्त्रीको भ्रमणका लागि भिभिआइपी उडान गर्नुपर्ने भनेर ५५ सिट रोकिएको छ,’ एयरलाइन्सका एक उच्च अधिकारीले भने ।

प्रकाशित मिति : २०७४ चैत्र १७ गते शनिवार