• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

प्रचण्ड एकाएक बेहोस भएको खबर भाइरल ! के हो यथार्थ ?


चैत १८, काठमाडौँ ।

शनिबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेहोस भएको खबर एकाएक सामाजिक सञ्जालहरुमा भाइरल बन्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा सँगै देखिएका हृष्टपुष्ट प्रचण्ड एकाएक बिरामी भएकाे हल्ला चलेपछि धेरैका लागि याे चासोको विषय पनि बन्यो ।

खासगरि, ट्वीटरमा प्रचण्ड बिरामी परेको भन्ने थुप्रै भ्रामक ट्वीट आइरहेको छ । तर वाईसीएलका अध्यक्ष दीपसीखाले भने प्रचण्ड स्वस्थ र ठीकठाक भएको बताएका छन् ।

संचारकेन्द्रसँग कुरा गर्दै अध्यक्ष दीपसीखाले भने- ;केहि व्यक्तिहरुले सामाजिक सञ्जालमा प्रचण्ड बेहोस भनेर लेखेको देखियो तर उहाँ एकदम ठिकठाक हुनुहुन्छ ।’ उनले यस्तो अफवाह नफैलाउन पनि आग्रह गरेका छन् ।

उनले सामाजिक आफ्नो फेसबुकमा समेत प्रचण्ड ठिकठाक भएको स्टाटस लेखेका छन् ।

 

के अप्रिल फुल मनाइएकाे हाे ?

खासमा कुरा बुझ्दै जाँदा आइतबारको अप्रिल फुल शनिबार साँझ नै सामाजिक सञ्जालमा मनाइएको पाइयाे । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रचण्डको स्वास्थ्य जस्तो संवेदनशील विषयमा हल्ला चलाएर अप्रिल फुल मनाइरहेका छन् । अप्रिल १ लाई संसारभर अप्रिल फुलका रुपमा मनाउने गरिन्छ । तपाईं पनि झुक्किनुहोला है !

ग्रोरियन क्यालेन्डरको अप्रिल १ तारिकलाई अप्रिल फुलका रुपमा मनाउने गरिन्छ । तर यो अप्रिल फुल किन मनाउन थालियो भन्ने एकिन इतिहास छैन । अप्रिल फुल मनाइने विभिन्न अनुमान भने छन् । मध्ययुगमा युरोपका सबैजसो सहरहरुमा मार्च २५ मा नयाँ वर्षको उत्सव मनाइन्थ्यो । फ्रान्सको केही क्षेत्रमा एक हप्तासम्म नयाँ वर्ष मनाइन्थ्यो । अप्रिल १ देखि नयाँ वर्ष सुरु भएको मान्ने गरिन्थ्यो ।

जो मानिसहरु जनवरी १ तारिकमा नयाँ वर्ष मनाउँथे उनीहरुले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरुलाई मुर्ख भन्न थाले । अप्रिल १ नयाँ वर्ष होइन ‘अप्रिल फुल’ हो भन्न थालियो ।

सन् १५६४ देखि फ्रान्सले पनि आधिकारिक रुपमा जनवरी १ लाई नयाँ वर्ष अवलम्वन गर्यो । तर सरकारको त्यो निर्णय मन नपराउनेहरु पनि निस्किए । जसले अप्रिल १ मै नयाँ वर्ष हुनुपर्छ भन्न थाले । यस्तो भन्ने पुरानाहरुलाई नयाँले मुर्ख भन्न थाले भन्ने तर्क दिने गरिन्छ ।

संचार केन्द्रबाट साभार

प्रकाशित मिति : २०७४ चैत्र १८ गते आइतवार