• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीले विप्लव राष्ट्रवादी नेता हुन् भन्दै हप्तामा दुई पटकसम्म भट्‍ने गरेको खुलासा


चैत १८, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई हप्ताको दुई पटकसम्म भेट्‍ने गरेको खुलासा भएको छ ।

नेकपाका पोलिट्ब्यु्रो सदस्य मोहन कार्की ‘जीवन्त’ ले प्रधानमन्त्री हुनुभन्दा पहिले ओलीले विप्वललाई राष्ट्रवादी नेता भन्दै भेट्‍ने गरेको खुलासा गरेका हुन् । जीवन्तका अनुसार काँग्रेस र माओवादी केन्द्र मिलेर प्रधानमन्त्रीबाट हटाएपछि ओलीले धेरै पटक विप्लवसँग भेटवार्ता गरेको थिए ।

शनिबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवबारे गरेको टिप्पणी सामान्य नैतिकता भन्दा बाहिर भएको भन्दै जीवन्तले अापत्ति प्रकट गरेका छन् । उनले अाेलीमा राजनीतिक नैतिकता र संस्कार नभएकाे बताए ।

नेता जीवन्तले बलिदान गर्न तयार भएकै शक्तिसँग ख्यालठट्टा नगर्न भन्दै त्यसको राम्रो जवाफ दिने बताए ।

‘सत्ता बाहिर हुँदा ओली विप्लवलाई उच्च राष्ट्रिय सोँच भएको नेता मान्दै हप्ताको २ पटक भेट्ने गर्थे, राजनैतिक नैतिकता र संस्कार भए यो हदसम्म गिर्न नहुने, बलिदानको लागि तयार भएको शक्तिलाई बदनाम गर्ने धृष्टता नगर’ जीवन्तले भनेका छन् । उनले राजनैतिक नैतिकता र संस्कार नभएको कारण ओली हदसम्म गिरेको बताए ।

उनकाे फेसबुकमा लेखिएकाे कमेन्ट स्टाटस यस्ताे छ –
ओलीमा सामान्य नैतिकता पनि छैन । सत्ता बाहिर हुँदा ओली विप्लवलाई उच्च राष्ट्रिय सोँच भएको नेता मान्दै हप्ताको २ पटक भेट्ने गर्थे। राजनैतिक नैतिकता र संस्कार भए यो हदसम्म गिर्न नहुने। बलिदानको लागि तयार भएको शक्तिलाई बदनाम गर्ने धृष्टता नगर। इतिहास निर्मम हुने कुरा ख्याल गर ।

प्रकाशित मिति : २०७४ चैत्र १८ गते आइतवार