• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

विप्लवसँग एकता गरेर जनसरकार स्थापना गर्छौंः वैद्य


चैत १८, काठमाडौँ ।

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले जनसरकार स्थापना गर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको जनसरकार र जनअदालतबारे आफूलाई औपचारिक रुपमा केही जानकारी नभएको बताए । महासचिव वैद्यले बुझेर कार्यगत एकता अगाडि बढ्ने बताए ।

एक अनलाइनलाई दिएको अन्तरवार्तामा महासचिव वैद्यले जनसरकार ब्यूँताउने नभएर स्थापना गर्ने बताए । “विप्लवजीहरूले जनसरकार, जनआदलत कहाँकहाँ के भन्नुभएको छ त्यो, हामीलाई आधिकारिक रूपमा थाहा छैन । उहाँको कुरा पनि के हो हामी बुझ्छौँ ।

जहाँसम्म जनसरकार व्युँझाउने कुरा गर्नुभएको छ, हामीले व्युँझाउनेभन्दा पनि जनसरकार स्थापना गर्ने हो । यो प्रकृया त हामीले थाल्नु पर्ने नै छ । बिप्लवजीहरूको कुरा के के हो बुझेर नै उहाँहरूसँग कार्यगत एकतालाई अगाडि बढाउँछौँ” वैद्यले अन्तरवार्तामा भनेका छन् ।

वर्तमान एमाले–माकेको संयुक्त सरकारलाई संसदवादी सरकार भएकोले भन्दै संविधान र संसदीय व्यवस्था आफ्नो पार्टीले नमान्ने बताए । प्रधानमन्त्री ओली सत्तामा बसेपछि जे गरेपनि हुन्छ भन्ने मानसिकतामा रहेको वैद्यको दाबी छ ।

राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्या समाधान गरेर देखाउन भन्दै वैद्यले भने, “जे भने पनि हुन्छ भन्ने उहाँहरूको मानसिकता हो । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्या समाधान गरेर देखाउनु पर्यो, त्यही समस्या समाधानका लागि कम्युनिस्टहरू त्यही दिशामा गएकै हुन् । तर उनीहरू त्यही संसदीय व्यवस्थामा फसे । उहाँले आफ्नो विगत पनि हेर्नुपर्छ । उहाँहरूका विगतहरू पनि हामीले भन्न सक्छौँ नि । उहाँहरू पनि सङ्घर्ष गरेर जानुपर्छ । सामन्तविरूद्ध लड्ने । हिंसाको प्रयोग गर्ने हो नि त उहाँहरूको विगत । विगत विर्सनु भएन उहाँहरूले ।”

प्रकाशित मिति : २०७४ चैत्र १८ गते आइतवार