• २०७८ बैशाख ८ गते बुधवार
  • Preeti To Unicode

“ओलिको राष्ट्रवाद सुष्माको सारीसंगै बेरिययर मोदिको पगरी गुथ्न लालायित छ”


चैत १८, काठमाण्डौँ ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य भरत बम ‘रणवीर’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद सुष्माको सारीसंगै बेरियर मोदिको पगरी गुथ्न लालायित भएको बताएका छन् । ओलीले शनिबार विप्लवबारे गरेको टिप्पणीको जवाफ दिनेक्रममा उनले यस्तो कुरा बताएका हुन ।

नेता रणवीरले केपी ओली र प्रचण्ड हिंसाका उत्पादन भएको बताउँदै उनीहरुले दिने शान्तिको नारा साम्राज्यवादी आरणविक भट्टीबाट दिएको नक्कली शान्तिको नारा भएको बताएका छन् । उनले केपी र प्रचण्ड लडाइँबाट भागेका तर लुकेर चुरा हान्न लागेको बताए ।

यस्तो छ रणवीरले जवाफी टिप्पणी
मान्छेहरु भन्छन् ‘नेपाली राजनीतिका सबैभन्दा ठूलो हाँस्य–मजाकका पात्र केपी ओली हुन । तर, शनिबार उनले विप्लवलाई त्यो आरोप लगाएछन् । केपीको असलियत र विप्लवबारे उनको टिप्पणीमा केही भन्न जरुरी छ ।

अहिले एकातिर केपी सरकारको अर्थमन्त्रीले स्वयतपत्र जारी गर्दै सरकारी ढुकुटी रित्तो छ, अर्थतन्त्र संकटमा छ भन्छन् । अर्कोतिर केपीको कथित राष्ट्रवाद सुष्मा स्वराजको सारीसँगै बेरिएर भारत पुग्दैछ । र, मोदीको पगरी गुथेर फर्कने छ ।

एकातिर विप्लवले राज्य वा सरकारको संकटग्रस्त यथार्थताको उजागर गरेका छन् भने अर्कोतिर यसको विकल्प वैज्ञानिक समाजवादलाई अगाडि सारेका छन् । यो मात्रै सैद्धान्तिक प्रश्न नभएर नेपालको एकदमै व्यबहारिक प्रश्न हो ।

केपी र पिके आफै हिंसाका उत्पादन हुन् तर आज उनिहरु हिंसाविरुद्ध शान्तिको जो नारा दिँदैछन् त्यो साम्राज्यवादी आणविक भट्टीबाट दिएको नक्कली शान्तिको नारा हो । जुन नाराले आज विश्वमा दैनिक हजारौं निर्दोष नागरिकको ज्यान लिने गरेको छ र नेपाललाई पनि त्यसैमा लपेट्न खोज्दैछ । जसको अगुवाई केपीले गर्दैछन ।

केपी र पिके ब्यक्तिगत र व्यबहारिक स्वार्थका लागि सिद्धान्तको बली दिने संसोधनवादी हुन् । नाफाका लागि जेपनि गर्नु जायज ठहर्याउने पुँजीवादी मान्यता बोकेका वास्तविक कम्युनिस्टका हत्यारा हुन् । जो आमनेसामनेको लडाइँबाट भागेका पतितहरु हुन् ।

पिठ्युँबाट छुरा घोचेर बहादुर भएको स्वाङ पार्दैछन् । किनकी यदि यिनिहरु बहादुर भएको भए आफ्नो कम्युनिष्ट सिद्धान्त र व्यबहारका लागि लड्थे । साम्राज्यवादसग आत्मसमर्पण गर्दैनथे गरेपनि त्यो तथ्य स्विकार्ने हिक्मत गर्थे । सिद्धान्तमा झुठो बोल्नु सबैभन्दा ठूलो कायरता हो । कम्युनिस्ट नभएर पनि कम्युनिस्ट भएको झुठ बोल्नु ठिक त्यस्तै कायरता हो । किनकि अकुत नीजि सम्पतिको मालिक कम्युनिस्ट हुदैनन् ।
केपीले विप्लव बढी सिद्धान्तनिष्ठ भए, सुतली बमको प्रयोग गरेर हिंसा चाहेको छन्, केपी र पिकेलाई वारेन्ट जारी गरेर मजाक गरे, अनि यो चन्दा संकलनको मेसो हो । यसबारे केही भनौं ।

हो, विप्लवले तपाईंहरु जस्तो ब्यक्तिगत र ब्यबहारिक स्वार्थका लागि सिद्धान्त बेचेका छैनन् । तपाईँहरु कम्युनिस्ट सिद्धान्तको संघर्षबाट भागेपनि विप्लव त्यसैको लागि संघर्षमा छन् । यसर्थ केपी–पिकेले त विप्लवलाई सलाम ढोक्नुपर्ने हो । दोस्रो कुरा, जुन हिंसा वा बल प्रयोगको अनिवार्यताको मान्यताबाट नै केपी र पिकेको जन्म भएको हो संसारको परिवर्तन भएको हो । त्यसैले अहिले यसको बिरोध गर्नु भनेको जन्म दिने आमालाई बलात्कार गर्नु जत्तिकै अपराध हो । यो अपराधविरुद्ध सुतली बम पट्किनु र वारेन्ट जारी हुनु इतिहासको आवश्यकता हो । साथै तपाईंको सरकारको वारेन्टको जवाफ पनि हो ।

कुरा चन्दा संकलनको छ । सायद कम्युनिस्ट घोषणापत्र पढ्नै भएको होला । हो, हामी पुँजी अपहरणकारीबाट पुँजी खोस्ने सच्चा कम्युनिस्टहरु हौँ । तपाईंहरु देशका प्रमुख नेताहरुसँग जो बिना स्रोत र परिश्रम आएको पुँजी छ त्यो त खोसिन्छ । राष्ट्रियकरण गरिन्छ । ढुक्क हुनुहोस् सायद यो तथ्य बुझेर पनि तपाईंहरु हामीलाई दमन गरेर सिध्याउन उद्द्त हुनुहुन्छ । चन्दा त्यसैको सुरुवात बुझे हुन्छ । परिश्रमबाट कमाइएको नीजि पुँजी भने कम्युनिस्टले जबर्जस्त खोस्दैनन् ।

अन्त्यमा, भारत भ्रमण अगाडि क्रान्ति र क्रान्तिकारीविरुद्ध यति बोल्नु र केही गर्नु अनिवार्य थियो होला तर प्रधानमन्त्री केपीज्यु, यदि तपाईँ इमानदार हुनुहुन्छ भने, राजनैतिक मुद्दाको राजनैतिक विश्लेषण गर्ने र राजनैतिक जवाफ दिने हिक्मत गर्नुहोस् । जहाँपनि जहिलेपनि दुनियाँ हसाउने काम नगर्नुहोस् ।

प्रकाशित मिति : २०७४ चैत्र १८ गते आइतवार