चैत १८, काठमाडौं ।
बलिउडका योङ जनेरेशनमा सबैभन्दा जबरजस्त एक्शन हिरो टाइगर श्राफको फिल्म ‘बागी २’ बक्स अफिसमा तहल्का मच्चाएको छ ।
‘बागी २’ ले पहिलो दिन नै बस्क अफिस कलेक्शनमा नयाँ रेकर्ड बनाएको छ । यो फिल्म २०१८ मा पहिलो दिनको कमाईको मामलामा रणबीर सिंह, दीपिका पादुकोण र शाहिद कपूर जस्ता स्टारको फिल्म ‘पद्मावत’लाई पछि पारेको छ ।
फिल्म बिजनेस एक्सपर्ट तरन आर्दशले ट्वीट मार्फत यो फिल्मको पहिलो दिनको कलेक्शनका बारेमा जानकारी दिएका छ । फिल्म पहिलो ‘पद्मावत’को १९ करोडको कलेक्शनलाई पछि पार्दै २५.१० करोड कमाइ गरेको छ ।
यो सँगै टाइगर र दिशा पटनी स्टारर फिल्म ‘बागी २’ २०१८ को सबैभन्दा ठूलो ओपनर बनेको छ । यो फिल्मको कलेक्शनका बारेमा जानकारी दिँदै लेखेका छन्, ‘टाइगर जिन्दा है र बागी २ को कलेक्शनलाई हेरेर भन्न सकिन्छ की राम्रोसँग निर्माण गरिएका मसाला–एन्टरटेनर फिल्मको चलन अहिले सकिने वाला छैन ।’
करिब ७५ करोडमा बनेको यो फिल्म टाइगरको सबैभन्दा ठूलो फिल्म हो । एजेन्सी