चैत १९, रोल्पा ।
सुरक्षाकर्मी परिचालन गरेर नेपाल कम्युनिस्ट पार्टीकाे जनसरकार घाेषणाकाे कार्यक्रम राेक्न खाेजेपनि अन्तत जिल्ला जनसरकार घाेषणा भएकाे छ ।
शनिबार बिहानै नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे ठूलाे संख्यामा सुरक्षाकर्मी थबाङमा परिचालन गरिएको थियाे । समानान्तर सरकार घोषणा गर्न नदिने राज्यको नीतिअनुसार प्रहरी परिचालन गरिए पनि नेकपाले थबाङमा जनसत्ता घोषणा गरेकाे हाे ।
याे घटनालार्इ रोल्पा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चुडामणी गौतमले समेत स्वीकार गरेका छन् ।
नेकपाको पकड बलियो रहेको मानिने थबाङमा एकाबिहानै ठूलो संख्यामा प्रहरी परिचालन भएपछि स्थानीयहरु आतंकित भएका छन् ।
तत्कालिन माओवादी युद्धको झल्को दिने गरी बिहान उज्यालो नहुदै प्रहरीको हुल गाउँपसे पनि स्थानीयहरुको सहभागीतामा विश्वकाे नेतृत्वमा जिल्ला जनपरिषद, नेपाल, रोल्पाकाे घोषणा गरिएको नेकपा राेल्पाले जनाएकाे छ।