लेकाली अनलाइन
चैत १९, सल्यान ।
सल्यानमा दुईओटा गाडी एकआपसमा ठोकिदा करिब १२ जना भन्दा धेरै घाइते भएका छन् ।
राप्ती राजमार्गमा पर्ने बागचौर नगरपालीकाको बांगेलाखुरी-सिमखोली सडकको बिचमा पर्ने पुर्व आर्मी क्याम्प नजिकैको मोडमा केहिबेर अगाडी दुर्घटना भएको हो । ईलाका प्रहरी कार्यालय बांगेलाखुरीका प्रनानी राज बहादुर चन्दका अनुसार काठमाण्डौँ बाट रुकुम जाँदै गरेको ना ७ ख २०४५ नम्बरको बस र रुकुम बाट दाङ जाँदै गरेको ना ४ ख ४८६१ नम्बरको बस एक आपसमा ठोकिएका हुन् ।
अहिले घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको त्यहाँबाट पत्रकार समिर श्री ले जानकारी दिएका छन् ।
घाटनाको बिस्तृत खबर आउन बाँकी छ ।