• २०७७ असोज ५ गते सोमवार
  • Preeti To Unicode

सल्यान दुर्घटना अपडेटः घाइतको संख्या १८ पुग्यो, तिनजनाई रिफर


लेकाली अनलाइन
चैत १९, सल्यान ।
सल्यानमा आज बिहान दुईओटा बस एकआपसमा ठक्कर भएको दुर्घटणमा घाइते हुनेहरुको संख्या १८ पुगेको छ ।

राप्ती राजमार्ग अन्तर्गत बागचौर नगरपालिका– ५ सिवरत मूलखोलाको पुर्व आर्मी क्याम्प नजिकै दुईओटा बस एकआपसमा ठोकिँदा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय बांगेलाखुरीका इञ्चाज राजबहादुर चन्दका अनुसार काठमाडौंबाट रुकुम जाँदै गरेको ना ७ ख २०४५ नम्बरको बस र रुकुमबाट दाङ जाँदै गरेको ना ४ ख ४८६१ नम्बरको बस आपसमा ठोकिएका हुन्।

घाइतेहरुमध्ये रुकुम मुसीकोट नगरपालिका–५ की पुष्पा गौतम, सोहि नगरपालिका १० का पूर्णशिव सुनार र रोल्पा सुकिदह ६ का बिमल खड्कालाई उपचारको लागि रिफर गरिएकोे प्रहरीले जनाएको छ।

अन्य घाइतेहरु स्थानीय मेडिकलमा उपचारपछि फर्किएका प्रहरीले जनाएको छ। दुवै बस र चालक प्रहरी नियन्त्रणमा लिएको छ।

यस अघि ब्रेकिङ: सल्यानमा दुईओटा गाडी एकआपसमा ठोकिदा १२ जना घाइते

प्रकाशित मिति : २०७४ चैत्र १९ गते सोमवार