• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

ओलीले ५०/५० र जनयुद्ध स्वीकारिदैन भनेपछि बाम एकता लगभग नहुने निश्चित


चैत १९, काठमाण्डौँ ।

माअाेवादी केन्द्रबीचकाे एकता के हाेला भन्ने कुराले यी दुवै पार्टीका नेता र कार्यकर्ताहरूलार्इ थप अन्याेलता मात्रै थपेकाे छ ।

यही सेराेफेराेमा एमाले अध्यक्ष केपी शर्मा अाेलीले माअाेवादी केन्द्रका अध्यक्ष अाेलीले पार्टी संरचना फिप्टी फिप्टीकाे अाधारमा नहुने र जनयुद्धलार्इ पनि नस्वीकार्ने स्पष्ट अडान राखेपछि अब एकता प्रक्रिया लगभग नहुनेजस्तै भएकाे छ ।

प्रचण्डले जसरी केपी ओलीले सार्वजनिक रूपमा पार्टी एकताका सन्दर्भमा आफ्नो बटमलाइन राखेका छैनन् । उनी अहिले मात्र होइन, एमाले र माओवादीबीच पार्टी एकता प्रक्रिया सुरु भएदेखि नै सार्वजनिक अभिव्यक्ति दिँदा जोगिँदै आएका छन् ।

कहिले ईश्वर पोखरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै हुनुपर्छ भन्ने त कहिले शंकर पोखरेलले दुवै नेता अध्यक्ष रहने कार्ड फाले तर, ओली बोलेनन् । यसपटक पनि ओलीले आफ्नो बटमलाइन कार्यदलमा रहेका नेतालाई सुनाएका छन् । आफूले कहीँ कतै भाषण गरेनन् ।

प्रचण्डले समान हैसियतमा एकताको कुरा गरेपछि ओलीले बालुवाटारमै बोलाएर कुराकानी पनि गरे । तर, प्रचण्डले प्रस्ट कुरा नगरेको स्रोतको दाबी छ । यसको अर्थ प्रचण्ड एकतापछि राज्यसत्ता र पार्टी सत्तामा आफ्नो पोजिसनबारे अझै आश्वस्त हुन चाहन्छन् ।

ओलीले भने जनयुद्ध स्वीकार गरिन्न भनेर आफूले प्रचण्डलाई पहिले नै भनिसकेको र ५०/५० को आधारमा एकीकरण हुन नसक्ने पनि बताइसकेको एमाले नेताहरूलाई सुनाएका छन् ।

अाेलीकाे यस्ताे स्पष्ट अडानपछि अब एमाले र माअाेवादी केन्द्रबीचकाे एकता लगभग नहुने निश्चित भइसकेकाे विश्लेषकहरूकाे राय रहेकाे छ ।

प्रकाशित मिति : २०७४ चैत्र १९ गते सोमवार