चैत १९, सल्यान ।
सल्यान बागचौरमा भएको बृहत आँखा शिविरू को पहिलो दिन ३ सय ३७ ले आँखा परीक्षण गरेका छन ।
२०४ महिला र १३३ जना पुरुष गरेर जम्मा ३३७ जनाले आँखा परीक्षण गरेका हुन । ति मध्य ३७ जनाको आँखाको अप्रेसन पनि भएको व्यवस्थापकिय जिम्मा लिएको सल्यानी युवा संजालका अध्यक्ष सुदर्शन बुढाथोकीले जानकारी दिएका छन ।
मंगलबार सम्म चल्ने शिविरमा अाँखा परीक्षण, अप्रेसन, औसधि, चस्मा सम्पूर्ण निः शुल्क रहेको छ ।
नेपाल नेत्र ज्योती संघ, राप्ती अाँखा अस्पताल, सल्यान अाँखा उपचार केन्द्रको अायोजनामा भएको कार्यक्रम बागचाैर नगरपालिकाको सहयोगमा भएको हो । शिविरमा २ दर्जन भन्दा बढि स्वास्थ्यकर्मी र स्वयमसेवकले सेवा दिएरहेका छन ।