• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

पत्रकारलाई धम्की दिएका शंकर बिसीले फेसबुकमा कमेन्ट गर्नेहरुविरुद्व मुद्दा दर्ता गरे


चैत १९, काठमाडौँ ।

पत्रकारमाथि असभ्य र धम्कीपुर्न शब्द बोलेका कलाकार शंकर बिसीले अाफूमाथि जातीय विभेद भएको भन्दै प्रहरी सोमबार प्रहरीमा उजुरी दिएका छन् । केही संचारमाध्यम अाएको समाचारले अाफू र दलित समुदायको मानहानी भएको भन्दै कारवाहीको माग गरेका छन् ।

केही दिन पहिला केही मिडियामा अाएको समाचारलाई लिएर सामाजिक संजालमा गरिएको टिप्पणीले अाफू मात्रै नभएर दलित समुदायकै मानहानी भएकोले कारवाहीको माग निवेदनमा गरिएको छ । बिसीले दलित अगुवासँगै गएर कारवाहीको लागि निवेदन दिएका छन् ।

संचारकर्मी तथा दलित अगुवा सरु सुनारका अनुसार बिसीले टेकुस्थित महानगरिय अपराध महाशाखामा निवदेन दिएका हुन् । ‘शंकर बिसीलाई सिंगो दलित समुदायको अापमान गर्ने गरी टिप्पणी गरिएका छन्, बिसीले जातीय छुवाछुत कसुर एेन २०६८ अन्तरगत कारवाहीको लागि निवेदन दिनु भएको छ’ सरुले भनिन् ।

मिडिया र सामाजिक संजालमा जातीय विभेद हुन गरी टिप्पणी गर्ने सात जनाविरुद्ध जाहेरी दिइएको छ । थप विवरण संकलन गर्ने काम भइरहेको सरुले जानकारी दिएकी छन् ।

यस्तो छ बिसीले पत्रकारलाई थर्काउदै गरेको भिडियो

यो पनि पढ्न छुटाउनु भयो की ?

अन्ततः शंकर बिसीले रुदै मागे माफी, भन्छन्- कमेन्ट पढेर आत्महत्या गर्न मन लाग्यो (भिडियोसहित)

प्रकाशित मिति : २०७४ चैत्र १९ गते सोमवार