• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

हेटौंडा र सिन्धुलीको सीमामा पर्ने क्याम्पमा वम विस्फोट: एउटा गाडी जलेर खरानी


चैत २०, हेटौंडा ।

कालिका कन्स्ट्रक्सन कम्पनीको क्याम्पमा आगजनी र वम विस्फोट भएको छ ।

हेटौंडा-सिन्धुलीको सीमामा पर्ने हरिहरपुरगढी-५ झ्याडीस्थित क्याम्पमा गएराति विस्फोट र आगजनी भएको हो । आगजनीबाट एउटा बोलेरो जिप रुपमा जलेर खरानी भएको छ भने दुईवटा ट्रिपरमा आंशिक क्षति भएको बताइएको छ ।

विस्फोट र आगजनीबाट करोडौं मूल्य बराबरका मेसिन, गाडी र भवनमा क्षति पुगेको बुझिएको छ ।

संकेतिक फाइल फोटो

प्रकाशित मिति : २०७४ चैत्र २० गते मङ्गलवार