गजल
छन त नाति अमेरिका छोरो कोरियामा छ ।
बुढो बा उही हालतमा अझै खोरियामा छ ।
आमाको चोली नफेरिएको बर्षौ भइसक्यो ।
बुहारी भने हरेक दिन नयां नयां फरियामा छ ।।
के गर्छन होला यहाँ बुद्धिजिबी शासकहरु ।
देशको भार जहाज चढेर जाने भरियामा छ ।।
मेरो गाउले कहिलै सिकाएन र सिकाउदैन ।
हेर जुन डरलाग्दो अहंकार शहरियामा छ ।।
छन त नाति अमेरिका छोरो कोरियामा छ ।
बुढो बा उही हालतमा अझै खोरियामा छ ।
एक्सन अा सिं
सल्यान
प्रकाशित मिती २०७४ चैत २० गते