• २०७८ असार ९ गते बुधवार
  • Preeti To Unicode

पत्नीको अन्तिम विदाईमा भक्कानीएर रोए मदनकृष्ण (भिडियोसहित)


चैत २०, काठगमाडौं ।

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले श्रीमती यशोदा सुवेदीलाई पशुपति आर्यघाटमा अन्तिम बिदाई गर्दा मदनलाई सम्हालिन गाह्रो भयो ।

यसोधाको बिदाईमा विछिप्त बनेका मदनकृष्ण श्रेष्ठलाई सम्हाल्न हरिबंश आचार्य हरपल साथ दिएका थिए । अन्य थुप्रै कलाकारहरुले सान्त्वना दिइरहेका थिए तर मदनकृष्णका आँखाबाट आँशु थामिनै सकेनन ।

६७ वर्षीया उहाँको गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा ज्यान गएको हो । क्यान्सर रोग पीडित उहाँलाई ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

श्रदान्जलीका लागी धेरैजसो कलाकारहरु पशुपति आर्यघाट पुगेका थिए पुगेका छन् । २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उहाँको जन्म भएको थियो ।

यसोधाको बिदाईमा विछिप्त बनेका मदनकृष्ण श्रेष्ठको भिडियो हेर्नुहोस

प्रकाशित मिति : २०७४ चैत्र २० गते मङ्गलवार