• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

धुर्मुश-सुन्तली देश बनाउने, प्रधानमन्त्री ओलीले चुटकिला सुनाउदै जग हसाउने


चैत २०, काठमाडौँ ।

हिलो पटक प्रधानमन्त्री हुँदा टपर टुइया चुटकिला सुनाएर मन जितेका रमाईला प्रधानमन्त्री ओली दोश्रोपटक प्रधानमन्त्री बन्दा पनि उस्तै टपर टुइया चुटकिला सुनाएर जग हसाई रहेका छन् ।

चुटकिला सुनाएर अब देश बन्दैन भन्ने कुरा आम जनमानसलाई थाहा भैसक्यो । देश गम्भीर मोडमा उभिएको छ तर प्रधानमन्त्री केपी ओली भने दोश्रोपटक प्रधानमन्त्री बन्दा पनि उस्तै चुटकिला सुनाएर मजाक गर्न व्यस्त देखिन्छन ।

देशको अस्थिरता हटाउन झन्डै २ तिहाई बहुमत पाएको बाम सरकार संग अहिले सम्मकै शक्तिशाली प्रधानमन्त्री मानिन्छन । त्यसकारण उनका सामु थुप्रै महान सम्भावना र उत्तिकै चुनौतीहरु पनि छन । महान सम्भावनाहरुलाई चुम्न अब मजाक गरेर सम्भव छैन । चुनौतीहरुलाई चिर्न चुटकिलाहरु हतियार बन्न सक्दैनन् ।

पहिलोपटक प्रधानमन्त्री हुँदा ९ महिना चुटकिला सुनाएर समय सकियो । त्यो समय उनको भाषामा बिकाशका लागि प्रयाप्त थिएन । त्यसकारण अब यतिबेला ओलीसंग शक्ति छ, समय छ, जनमत छ। यो शक्ति र समयलाई उनले चुटकिलामा समय खर्चिए ओली इतिहासकै नालायक प्रधानमन्त्री हुने पक्का छ ।

देश बनाउन जति गम्भीर बन्नु पर्ने हो, त्यति गाम्भीर्यता ओलीमा कतै देखिदैन । बरु उनका टपर टुइया चुटकिलाहरु कसैलाई उच्काउन र भड्काउन अभिप्रेरित देखिन्छन ।

बिभिन्न कार्यक्रमहरुमा बेतुकका रमाइला कहानी सुनाउदै शुभ चिन्तकहरु संग मजाक गरेर समय कटाई रहेका छन् । प्रधानमन्त्री जस्तो साझा पदमा बसेर एमालेको एनजीओ पार्टी चलाए जस्तो एकांकी मानसिकतामा खुम्चिने उनको शैली र ब्यबहार आफैलाई घातक छ । प्रधानमन्त्री फराकिलो बन्न सक्नु पर्छ । प्रतिपक्षहरुलाई रिझाउन सक्ने गुण प्रधानमन्त्रीमा हुनुपर्छ ।

केपी ओली व्यबस्थाको बिरुद्द जनयुद्द गर्न हिडेको विप्लव समुह यति बेला आक्रामक देखिन्छ । ओलीलाई भने बिप्लवको क्रान्ति मजाक लागेको छ । उक्त समुहले आफुलाई वारेन्ट जारि गरेको बखतमा पनि गम्भीर होइन, मजाक गरेर उडाई रहेका छन् ।

मूल्य ओलीले कति चुकाउनु पर्छ ? अर्थात ओलीको मजाकले देश फेरी दुर्घटनामा फस्ने परिवेशलाई अलिकति पनि नसोच्नु गम्भीर भुल हो ।

परिस्थितिलाई ओलीले मजाक बनाएर उडाउनु देशको लागि असमान्य परिस्थिति निम्त्याउनु हो । असन्तुष्ट पक्षलाई गम्भीरताका साथ् नलिएर मजाक बनाउदा परिस्थिति फेरी जटिल बन्ने देखिन्छ । उनका भद्दा मजाकमा दिइने प्रतिक्रियाले असन्तुष्ट समुह अझै उच्काउने र गम्भीर परिस्थिति निम्त्याउनेमा मलजल भैरहेको छ ।

यति बेला सामाजिक संजालमा ओलीका बेतुकका मजाक प्रति आलोचनाहरु बढ्दै छन् । संचारकर्मी लेनिन बन्जाडेले ओलीका मजाकलाई नजिर गर्दै भनेका छन् ‘हँसाउँदै हिड्ने धुर्मुस-सुन्तली ‘गम्भीर’ भएर ‘देश बनाउने’ भन्दै कुदेका छन् ।
‘गम्भीर’ भएर देश बनाउनुपर्ने केपी ओली चुट्किला सुनाएर संसार हसाउँदै हिँडरहेका छन् ।’

उनका हावादारी चुटकिलाहरु देख्दा लेनिन बन्जाडेले भने झैँ ओली आफ्नो जिम्मेवारी प्रति रत्तिभर गम्भीर देखिदैनन। प्रधानमन्त्री देश बनाउन गम्भीर नबन्नु देशकै लागि दुर्दशा निम्तिनु हो। सम्माननीय प्रधानमन्त्रीले मजाक गर्ने बेला होइन गम्भीर बन्ने बेला हो चेतना भया ।

प्रकाशित मिति : २०७४ चैत्र २० गते मङ्गलवार