• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

नेपाल-भारत सम्बन्धलाई कसैले विगार्न खोजे त्यो सम्भव छैन: प्रधानमन्त्री ओली


काठमाडौँ , २० चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत सम्बन्धलाई कसैले विगार्न खोजे त्यो सम्भव नभएको बताएका छन् ।

मंगलबार संघीय संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको दुबै छिमेकी भारत र चीनसँग सम्बन्ध राम्रो भएकोमा खुसी व्यक्त गर्दै अझै सुदृढ र प्रगाढ बन्दै जाने बताए ।
आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जान लागेको जानकारी गराउँदै ओलीले भने,‘मेरो भ्रमणमा नेपाल भारत सम्बन्धलाई अझै मजबुद बनाउने विषयमा मेरो प्रयास रहनेछ ।’

नेपाल र भारतका बीचमा सदियौदेखिको बहुआयामिक सम्बन्ध रहेको र त्यो मैत्रीपूर्ण भएको उल्लेख गर्दै ओलीले थपे–‘कहिले कहिले कसै कसैले त्यो सम्बन्धलाई विगार्न खोजे पनि सम्भव छैन, फेरि त्यो सप्रिने ठाउँमा आइपुग्छ । स्पष्ट, मैत्रीपूर्ण र विश्वासका साथ आफ्ना हितलाई न्यायोचित राख्यो भने सम्बन्ध सुदृढ हुँदै जान्छ ।’

छिमेकीसँग मित्रतापूर्ण, सन्तुलित र पारस्परिक हितको सम्बन्ध हुने स्पष्ट पार्दै मित्रता समानताका आधारमा हुने पनि बताए ।

प्रकाशित मिति : २०७४ चैत्र २१ गते बुधवार