• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

कर्णाली प्रदेशका मन्त्रीको गाडी नेविसंघद्वारा तोडफोड


चैत २१, सुर्खेत ।

प्रदेश ६ का मन्त्रीको गाडी नेविसंघले तोडफोड गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववीयू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका हुन्।

प्रहरीका अनुसार तोडफोडबाट गाडीको अगाडि भागको सीसा फुटेको छ । गाडीमा मन्त्री खत्री नभएर सांसद् धर्म रेग्मी सवार थिए ।

विद्यार्थीहरुले विश्वविद्यालयको मूल गेटमा अहिले प्रदर्शन जारी राखेका छन् । विद्यार्थीहरुको प्रदर्शनमा तोडफोड हुन थालेपछि सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

स्ववीयू र नेविसंघले राखेको मागको विपक्षमा एमाले र माओवादीनिकट विद्यार्थी उत्रिएपछि केही दिनअघि यहाँ दुई पक्षबीच झडप नै भएको थियो । मध्यपश्चिमाञ्चलका विद्यार्थीहरु इन्जिनियररिङ संकायसँग सम्बन्धित विभिन्न मागहरु राखेर आन्दोलित हुँदै आइरहेका छन् ।

प्रकाशित मिति : २०७४ चैत्र २१ गते बुधवार