• २०७७ मङ्सिर २० गते शनिवार
  • Preeti To Unicode

सल्यानमा चट्याङका कारण रेडियो तहल्कामा ठुलो क्षति, केहिदिन रेडियो बन्द हुने


चैत २२, सल्यान ।
बुधबार राती परेको चट्याङले सल्यानको सामुदायिक रेडियो तहल्कामा ठुलो क्षति पुराएको छ । हावाहुरी र असिना पानी पछि परेको चट्याङले रेडियोको प्रमुख चिज ट्रान्समिटर लगायत अन्य सामानमा पनि क्षति पुराएको हो ।

रेडियोले ३ बर्ष पुरा गरेकै दिन यस्तो घटना भएको स्टेशन म्यानेजर डिल्लीराज रावतले जानकारी दिएका छन । चट्याङबाट कति क्षति भयो भन्ने विषयमा एकिन नभएपनि लाखांै पर्ने ट्रान्समिटर, हजारौ पर्ने कम्प्युटर र मिक्सरमा क्षति पुगेको रेडियोले जानकारी दिएको छ ।

सल्यान खलंगाबाट ९१.९ मेगाहर्जमा दैनिक १८ घण्टा प्रशारण हुदै आएको रेडियोको यो सबैभन्दा ठुलो क्षति हो । यो भन्दा पहिला अन्य सामाग्रीमा समस्या आए बैकल्पीक सामाग्रीको प्रयोगमा संचालन गरेपनि यो पटक ट्रान्समिटरमा नै समस्या आएपछि निर्माण हुदासम्म केहिदिन रेडियो बन्द हुने रेडियो तहल्काले जनाएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र २२ गते बिहिवार