• २०७७ असोज १२ गते सोमवार
  • Preeti To Unicode

बुटवलको सुपरमार्केटमा भीषण आगलागी


चैत २५, बुटवल ।

बुटवलमा रहेको भाटभटेनी सुपरमार्केटमा भीषण आगलागी भएको छ । आगो निभाउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित दुई ओटा दमकलले प्रयास गरिरहेका छन् । यद्यपी आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

आइतबार बिहान आगलागी भएको भाटभटेनी बुटवल उपमहानगरपालिका-८ को मुख्य क्षेत्र सुख्खानगरमा रहेको छ |

एकै ठाउँमा सबै उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले गत वर्षमात्रै उक्त सुपरमार्केट संचालनमा आयोको थियो ।

आगलागी कसरी हुन पुग्यो भन्ने खुल्न सकेको छैन | यसबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७४ चैत्र २५ गते आइतवार