चैत २९, काठमाडौं ।
नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले–मोआवादी केन्द्रबीच एकताको अन्तिम समय आएको बताउँदै यस्तो बेला सोच–विचार र गहन छलफलबाट निर्णय लिनुपर्ने बताएका छन् ।
पार्टी एबता नहुने हल्ला चलिरहेका बेला चितवन पुगेका प्रचण्डले तोकिएको समय पार्टी एकता हुने भन्दै छलफलले तीब्रता लिएको बताए । एमालेसँग सहज ढंगले सम्बन्ध अघि बढिरहेको भन्दै अध्यक्ष प्रचण्डले वैशाख ९ मा पार्टी एकता हुने दाबी गरे ।
बिहीबार बिहान चितवन पुगेका अध्यक्ष प्रचण्डले एमालेसँग सहज ढंगले सम्बन्ध अघि बढिरहेको बताएका छन् । ‘हामी पार्टी एकता टुङ्गिने बेला आएको छ, अब सोच्नुपर्छ, अझ गम्भीरतापूर्वक छलफल गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘किनभने अब एउटै पार्टीका रुपमा अगाडि बढ्ने हो ।’
पार्टी एकताप्रति आशंका उत्पन्न नगर्न आग्रह गदैृ प्रचण्डले एकता अन्तिम टुङ्गोमा पुर्याउने बेला अलिक बढी छलफल हुनु स्वभाविक भएको बताए ।
एकताप्रति आशंका गरिनु स्वभाविक नभएकबो भन्दै प्रचण्डले प्रधानमन्त्री ओलीसँग आफ्नो र एमाले–माओवादी केन्द्रका सबै नेता–कार्यकर्ताबीच हार्दिक सम्बन्ध रहेको बताए ।