• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

नेपालमा अड्डा जमाएर बसेको भारतीय कन्सुलरको कार्यालयमा शक्तिशाली बम विस्फोट


बैशाख  ४, विराटनगर ।

नेपालको विराटनगरस्थित अड्डा जमाएर बसेको भारतीय कन्सुलरको कार्यालयमा अपरिचित समूहले शक्तिशाली बम विस्फोट गराएको छ ।

सोमबार राति भारतीय कार्यालयलाई लक्षित गरेर बम विस्फोट गराएको प्रत्यक्षदर्शीले जनाएका छन् । बस्फोटबाट कुनै पनि मानवीय क्षति भएको छैन ।

बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि बम विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गराएको हुन सक्ने उच्च सुरक्षा स्रोतको भनाइ छ ।

विराटनगर प्रहरीले दिएको जानकारीअनुसार बम विस्फोटपछि कार्यालयको पर्खाल भत्किएको छ ।

भारतीय पक्षलाई नेपाल कम्युनिस्ट पार्टीले आफ्नो निशाना बनाउँदै आएको छ । सो कार्यालय हटाउन विभिन्न कम्युनिष्ट पार्टीहरूले लामो समयदेखि माग गर्दै आएका थिए ।

संकेतिक फोटो फाइल

प्रकाशित मिति : २०७५ बैशाख ४ गते मङ्गलवार