बैशाख ४, काठमाण्डौँ ।
माअाेवादी जनयुद्धका पूराना संस्कृतिकर्मी बलराम तिमिल्सिनाले केपी अाेली र प्रचण्डलार्इ झटाराे हानेर कविता लेखेकाे लेख्यै छन् ।
उनले खुंकार जनयुद्धविराेधी अाेलीलार्इ जनयुद्धकाे गुणगान गाउँन लगाउनुकाे के अर्थ छ भन्दै कविताबाट तिखाे रूपमा प्रहार गरेका छन् ।
तिमिल्सिनाले लेखेका छन् –
हिन्दूलाई कुरान मान भन्नुको के अर्थ छ ?
मुस्लिमलाई पुराण मान भन्नुको के अर्थ छ ?
क्रिश्चियन पादरीलाई ललाई फकाई गरेर !
हाम्रा देवी थान मान भन्नुको के अर्थ छ ?
विरालोलाई म साकाहारी भएँ भन्न लाएर
मुसोलाई भगवान मान भन्नुको के अर्थ छ ?
खुङ्खार जनयुध्द विरोधी केपीलाई विचरा !
त्यसको गुणगान मान भन्नुको के अर्थ छ ?
२०७५|०१|०३ ढल्को
एमाले र माअाेवादीबीचकाे एकतामा गतिराेध पैदा भएपछि तिमिल्सिनाले प्रचण्डलार्इ तिखाे प्रहार गर्दै यस्ताे लेखेका छन् । प्रचण्डलार्इ निकै खुचिङ गरेर उनले लेखेकाे कविता यस्ताे छ –
रोईरोई गाँसेको पिरती ओकल्नु न निल्नु भो वरिलै !
बल गरेर लाएको मितेरी धकेल्नु न मिल्नु भो वरिलै !
“निश्चित रुपमा” दोधारमा परियो वाँदर वाठो भएको जस्तो भो !
गालो थाप्यो वैगुनी मायाँले म्वाइँ खानु कि चिल्नु भो वरिलै !
२०७५|०१|०४ ढल्को
तिमिल्सिना हालै प्रचण्ड क्याम्पबाट अाहुतीकाे लाइनमा रहेका छन् ।