• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

रुकुममा नगरप्रमुख चढेको गाडी दुर्घटना हुँदा मेयर सहित ७ जना घाइते, अवस्था गम्भीर


बैशाख ४, रुकुम ।
पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना भएको छ । मंगलबार भएको दुर्घटनामा परि मेयर शर्मा गम्भीर घाइते भएका छन् । दुर्घटनामा मेयर शर्मासहित अन्य ७ जना घाइते भएका छन् ।

पश्चिम रुकुमको चौरजाहारी वडा नम्बर ४ मेलैनाउलीबाट खोला गाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा भे १ ज २४३ नम्बरको जीप दुर्घटना भएको हो ।
विद्यार्थीहरुलाई पोशाक वितरणका लागि चौरजहारी ५ खोलागाउँको एक विद्यालयतर्फ जाँदै गरेको नगरपालिकाको टोली दुर्घटनामा परेको हो ।

दुर्घटनामा मेयर विशाल शर्मासहित वडा नं. ३ का लोकेन्द्र परियार, वडा नं. २ की पार्वती न्यौपाने, वडा नं. ३ का तेजबहादुर बटाला र ५ का भरत शर्मा घाइते भएका छन् । अन्य दुई जनाको नाम खुलेको छैन ।

अहिले गम्भिर घाईते शर्मा र अन्य सबैलाई चौरजहारी सामुदायिक अस्पतालमा उपचार भईरहेको स्थानीयले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख ४ गते मङ्गलवार