• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

तत्काल दाङ जिल्ला बन्द गर्ने चेतावनी, विज्ञप्ती सहित कारण यस्तो छ ?


बैशाख ४, दाङ ।
नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सदस्य विकास वली र जनक्रान्तिका घाइते योद्धा परिवारका केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला सदस्य इश्वरी पाण्डेलाई प्रहरीले विना कारण गिरफ्तार गरेको भन्दै नेकपा दाङले घोर भत्र्सना गरेको छ ।

सोमबार तुलसीपुरबाट प्रहरीले विनाकारण दुईजना जिल्ला सदस्यहरुलाई गिरफ्तार गरेको थियो । विनाकारण पक्राउ गरेको भन्दै तत्काल रिहा नगरे नेकपाले दाङ जिल्ला बन्द लगाएतका कार्यक्रम गर्ने चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी विक्रमले एक प्रेस पिज्ञप्ती जारी गरि विनाकारण गिरफ्तार परेका दुई नेता कार्यकर्ताको तुरुन्त विना सर्त रिहाइ गर्न जोडदार माग गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ –“हामी यो गैरकानुनी र अन्यायपूर्ण गिरफ्तारीको घोर भत्र्सना र निन्दा गर्दछौं र गिरफ्तारी पर्नुभएका दुवैजनालाई विना सर्त रिहाइ गर्न माग गर्दछौं । ” एकिकृत जनजागरण अभियान सञ्चालन गरिरहेको उक्त पार्टीले आफूहरुको आग्रहलाई वेवास्ता गरे जिल्ला बन्द लगायतका कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिदै जसबाट उत्पन्न सम्पूर्ण परिणामको दोषी सरकार र प्रशासनलाई भड्कावमा पार्ने कथित जनप्रतिनिधि हुने समेत जनाएको छ ।

यस्तो छ विज्ञप्ती 

प्रकाशित मिति : २०७५ बैशाख ४ गते मङ्गलवार