विमल राज डाँगी
बैशाख ४, रोल्पा ।
प्रदेश न ५ का भौतिक पुर्बधार तथा विकास मन्त्री बैजनाथ चौधरिले प्रदेश ५ मा तिन ओटा मेघासिटि निर्माण गर्नुपर्ने बताएका छन ।
प्रेस चौतारि नेपाल जिल्ला शाखा रोल्पा र प्रेस सेन्टर नेपाल जिल्ला शाखा रोल्पाले आज संयुक्त रुपमा रोल्पाको लिबाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले उक्त मेघासिटि बुटवल मात्र नभएर दाङ र नेपालगंजमा पनि बनाउने बताएका छन् ।
उनले घोराहि देखि तुलसीपुर सम्म, कोहलपुर देखि नेपालगन्ज र बुटवल देखि भैरहवा सम्म गरि ३ ओटा मेघासिटि तत्काल निर्माण गर्ने प्रदेश सरकारको निति तथा कार्यक्रममा रहेको बताए । उनले मेघासिटि निर्माण भए लगतै राजधानिको बारेमा कुनै पनि किचलो नहुने समेत बताए ।
त्यस्तै उनलेप्रदेश नम्बर ५ को नामाकरणमा कुनै बिबाद नहुने र बुद्धसग जोडिएको कुनै पनि नाम राख्दा कुनै किचलो नहुने समेत उनको भनाई थियो । उनले प्रदेश ५ मा पर्ने रोल्पामा बढिमात्रामा चुनढुगा भएको र यसै चुनढुगाका कारण जिल्लामा मात्र नभएर नजिकका जिल्लाहरुमा सिमेन्ट कारखानाहरु सन्चालनमा आइरहेकोले यसको सदुपयोगमा धयान दिनुपर्ने बताए।
प्रेस सेन्टर नेपाल जिल्ला साखा रोल्पाकि उपाध्यक्ष खुबिना सुनारि मगरको अध्यक्षता तथा प्रदेश न ५ का भौतिक पुर्बधार बिकाश मन्त्रि बैजनाथ चौधरिको प्रमुख आतिथ्यमा भएको कार्यक्रमममा ५ नम्बर प्रदेश सदस्य भगवति भण्डारि, नेकपा एमाले जिल्ला कमिटि रोल्पाका अध्यक्ष हरि प्रसाद घर्ति, त्रिबेणि गाउपालिका अध्यक्ष सान्त कुमार ओली, नेकपा एमाले जिल्ला कमिटि रोल्पाका सदस्य इस्वरी जिएम लगाएत बिभिन्न मिडियामा आबद्ध पत्रकार, संचार कर्मि पाटिका कार्यकर्ता, लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन प्रेस चौतारि नेपाल जिल्ला साखा रोल्पाका सदस्य पाण्डब दसौदीले गरेका थिए ।