• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

माओवादीसँग एकता नहुदै एमालेभित्र भाँडभैलोः ओली र माधव समुहबीच चर्काचर्की


बैशाख ४, काठमाण्डौँ ।

नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तयारीमा रहेको नेकपा एमालेभित्र भाँडभैलो सुरु भएको छ ।

एमालेको भातृ संगठन युवा संघमा नेतृत्वको विषयलाई लिएर दुइृ समुहबीच चर्काचर्की भएको हो ।
युवा संघमा नेतृत्वको विषयलाई लिएर अध्यक्ष केपी ओली र माधव नेपाल समूहबीचको विवाद चरमोत्कर्षमा पुगेपछि नेपाल समुहले समानान्तर कमिटी घोषणा गर्न लागेको सचिव नरेश शाहीले जानकारी दिए ।

सोमबार र मंगलबार बसेको युवासंघको बैठकमा अध्यक्ष राजीव पहरीलाई माधव नेपाल समूहले राजीनामा मा गरेको उनले बताए । उनका अनुसार ओली समुहका महेश बस्नेत र निरु पालले पहारीको राजीनामा रोकेपछि विवाद समानान्तर कमिटी घोषणा गर्ने तहसम्म पुगेको हो ।

असन्तुष्ट मंगलबार नै पत्रकार सम्मेलन गरेर समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेपनि अन्तिममा स्थगित गरेको सचिव शाहीले बताए ।

प्रकाशित मिति : २०७५ बैशाख ४ गते मङ्गलवार