सरिता चलाउने
बैशाख ४, सल्यान ।
सल्यानमा विद्युत अनियमितता भएको भन्दै नेपाल विद्युत प्राधिकरण सल्यान बितरन केन्द्रलाई ज्ञापनपत्र बुझाईएको छ ।
केही दिन देखि जिल्लामा विद्युतमा अनियमिता आएको भन्दै सल्यान चेम्बर अफ कमर्सले आज कार्यलयमै गएर ज्ञापन पत्र बुझाएको हो । जिल्लामा उद्योगी, ब्यापारीले भोग्दै आईरहेको उर्जा समस्या प्रमुख चुनौतिका रुपमा रहरेकोले बेला बेलामा जाने विद्युतलाई निराकरण गर्ने भन्दै नेपाल विद्युत प्राधिकरण सल्यान शाखालाई ज्ञापन पत्र बुझएको सल्यान चेम्बर अफ कमर्सका अध्यक्ष पुरुषेतम न्यौपाने जानकारी दिएका छन् ।
उनले उद्योगी ब्यापारीहरुको हक, हित र समस्या प्रति चासो र चिन्ता लिने सस्था भएकाले विद्युत प्रमुख चुनौतिको रुपमा रहेको भन्दै ज्ञापन पत्र बुझाउनु परेको बताएका छन् । जिल्लामा अहिले बेला बेलामा विद्युत जानाले उद्योगी, ब्यापारी, मिडियाकर्मी लगाएत मारमा परेका छन ।
छिन छिनमा विद्युत जाने समस्यालाई समस्या तुरुन्तै समाधान गर्नुपर्ने, लो भोल्टेजलाई समाधान गरी जुन मात्रामा विद्युत भोल्टेज हुनुपर्ने सो मात्रामा हुनुपर्ने, शितलपाटी सल्यानमा रहेको सब स्टेशन २०७४ साल मसिंरमा सञ्चालन हुनु पर्ने सब स्टेशन अहिले सम्म सञ्चालन नभएकाले तुरुन्त सञ्चालन गर्नुपर्ने मागहरु ज्ञापन पत्रमा उल्लेख रहेका छन । यसैगरी बिधुतको लाईन बिस्तार गर्दा सम्बधित ब्यक्तिको घर माथि बाट तार तान्न नमिल्ने हुदाँ सम्बन्धीत निकायले जोड दिनु पर्ने बिज्ञप्तीमा जनाईएको छ ।
ज्ञापन पत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण सल्यान बितरन केन्द्रका प्रमुख रामशरण तिमिल्सेनाले भोल्टेज कम हुने भएकाले बेला बेलामा बत्ति जाने गरेको बताएका छन् । उनले सब स्टेशनका लागी धेरै समय नलाग्ने भएकाले बैशाख ७, ८ गते देखि ३३ केभि लाईन जडानको काम शुर हुने आश्वासन दिएका छन् ।
दाङको तुलसीपुर बाट नै एक्कासी ब्रेकर बिग्रिने भएकाले सल्यानमा भोल्टेज कम हुन्छ उनको भनाई छ । दाङमा १ सय ५४ भोल्टेज मात्र आउने भएकाले सल्यानमा त्यो भन्दा कम १ सय ३० भोल्टेज मात्र आउने गरेको उनले बताए ।
सल्यानमा आउने ३३ केभि लाईनको लागी सर्किट ब्रेकर राख्नु पर्ने भएकाले क्षेत्रीय कार्यलयले टेन्डर आह्वान गरिसकेको र सर्किट ब्रेकर जडानमा आउने बित्तिकै सजिलो हुने शाखा प्रमुख तिमिल्सेनाले बताए ।
जिल्लामा एउटा लाईन बिभिन्न क्षेत्र सँग जोडिएकाले सबै ठाउँमा पु¥याउनु पर्ने कारणले पनि बेला बेलामा यो समस्या आउने गरेको उनको भनाई रहेको छ । अहिले जिल्लामा रहेको ११ केभि लाईनलाई ९ हजार ९२ ग्राहकहरुले प्रयोग गरिरहेका छन ।
यस्तो छ पत्र