• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानी युवाहरुले कुपिन्डेमा पुगेर सल्यान पर्यटन बर्ष २०७५ बिशेष टिसर्ट लन्च गरे


बैशाख ४, सल्यान ।

सल्यानका सक्रिय युवाहरुले सल्यान जिल्लाका पर्यटकिय स्थलहरु अङ्कित सल्यान पर्यटन बर्ष २०७५ बिशेष टिसर्ट लन्च गरेका छन् ।

सल्यानलाई चिनाउने भन्दै जिल्ला भित्र सामजिक काम गर्दै आएका स्वतन्त्र युवाहरुले ‘टुरीजम सल्यान’भन्ने अभियान सँगै कुपिन्डे तालमा गएर मंगलबार एक कार्यक्रमकाबिच टिसर्ट लन्च गरेका हुन् । जिल्ला भित्र हुने कुनै पनि घटना तथा सरसहयोग लाई विशेष प्राथामिक दिँदै आएका युवाहरुको अहिलेको कदम पनि सकारात्मक भएको कार्यक्रमका वक्ताहरुले बताएका छन ।

कुपिन्डे तालको मन्दिरमा पुजा गरेर टिसर्ट लन्च गर्दै युवाहरुले कुपिन्डे घुम्न गएका पर्यटकहरुलाई निसुल्क डुङ्गा सएर गराएका थिए । सल्यानको प्रचारप्रसारमा सबै सल्यानी एक हुनु पर्नेमा जोड दिनुपर्ने मान्याता राख्ने अभियान्ता धुर्ब राज ओलीले भने, ‘हामीले बिगतमा सल्यानको पर्यटन बिकासको निम्ति विभिन्न अभियान चलाएका थियौँ र हाल आएर पनि सल्यानलाई २०७५ सल्यान टुरीजम वर्ष भनेर प्रचार प्रसार गरिरहे छौँ । बिशेश त हामी सल्यानी स्वतन्त्र युवा हरुले यो अभियान चलाएका छौँ । हामी कुनै दल बिशेषबाट सञ्चालित छैनौँ ।’

विशेष गरी सल्यान गेट निर्माण अभियान थालेका युवाहरुले पछिल्लो समयमा सल्यानको सिमानामा समस्या देखा परेकोले त्यो अभियानलाई थाती राख्दै ‘सल्यान टुरीजम’ अभियान चलाएका हुन् ।

यस अघिपनि युवाहरुले सामाजिक कार्य अन्तरगत न्यून आयस्तर बिरामी भएर थलिएका केही ब्यक्तिहरुको उपचारमा लाखौँ पैसा संकलन गरेर जिवन बचार्इ दिएका थिए । त्यस्तै आगलागीमा परी घर बार बिहिन भएकालाई राहत बितरण गरेर सल्यानी लाई सहयोग गर्दै आएका युवाहरुले हाल यो अभियान चलाएका हुन् ।

प्रकाशित मिति : २०७५ बैशाख ४ गते मङ्गलवार