बुटवल उपमहानगरपालिका–१ मा रहेको यो गढी तत्कालिन अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो । जितगढीमा अंग्रेजलाई हराएको नेपाल अरु किल्लाहरुमा भने आफै हारेको थियो । जितगढीमा भएको वि.सं. १८७२ बैशाख ७ गतेको लडाइँमा नेपालसंग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको बताइन्छ । सोही दिन (बैशाख ७ गते) लाई विजय उत्सव दिवसका रुपमा बुटवल उप–महानगरपालिकाले मनाउन लागेको बुटवल उपमहानगरापलिकाकी उपप्रमुख गोमादेवि आचार्यले जानाकारी दिईन ।
चुरे पर्वतको काखमा र तिनाउ खोलाको पश्चिम किनारमा अवस्थित यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । यो खण्डहर बनेको किल्लाको संरक्षणको प्रभावकारी पहल विसं २०५४ सालमा भएको थियो । उपमहानगरले यहाँ उजिरसिंहको पूर्णकदको शालिक र अहिलेसम्मकै ठूलो राष्ट्रिय झण्डा फहाराउने योजना तय गरेको छ । भित्री पूर्वाधार निर्माण, झण्डा र शालिक निर्माणका अतिरिक्त त्यस क्षेत्रका भवनहरुको रङ्ग एउटै बनाउने गरी उपमहानगरले योजना बनाएको छ । विजयी उत्सवलाई सफल पार्न उपमहानगरपालिकाले सवैलाई आग्रह समेत गरेको छ ।
जीतगढीको सम्बन्धमा स्पष्ट उल्लेख वि.सं. १८७१ को नेपाल र कम्पनी सरकारबीच भएको युद्धको समयमा भएको पाइन्छ । वि.सं. २०५२ सालमा पुरातत्व विभागले गढी संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा त्चष्ब ित्चभबअज लिंदा पुरिएको पर्खालको पेटी भेटिएको थियो ।