• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

हाम्रो नेपालको कानुनः निर्दोषलाई जेलमा हालियो, अपराधी भने यस्तो गरियो ?


बैशाख ५, काठमाडौं ।

बिर्तामोड – रक्तचन्दन तस्करीमा संलग्न अभियुक्तसँग नाम मिल्दा झापा मेचीनगरका एक व्यक्ति जेल परेका छन् ।

जिल्ला अदालतले सोमबार जेल सजायको फैसला सुनाएपछि मेचीनगर वडा नं ६ का ३५ वर्षीय श्याम थापा जेल चलान भएको उनको परिवारले जनाएको छ ।

थापा निर्दोष रहेको दावी परिवारजनले गरेका छन् । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८ मा यो समाचार छ ।

समाचारका अनुसार अदालतले उनलाई ६ महिना कैद र २६ लाख ९९ हजार जरिवाना तोकेको छ ।

उनका दाजु केदारले रक्तचन्दन तस्करीबारे जानकारी नै नभएको व्यक्तिलाई हचुवाका भरमा पक्राउ गरी जेल पठाइएको गुनासो गरे ।

रक्तचन्दन तस्करीको घटनामा मेचीनगर १० निवासरी श्याम थापालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको थियो ।

केदारका अनुसार घटना हुँदा उनका भाइ वैदेशिक रोजगारीका लागि कतारमा थिए ।

विदेशबाट फर्किएपछि ट्याम्पो चलाएर जीविका चलाउँदै आएका उनलाई चैत ३० गते काँकडभिट्टा बजार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो ।

रक्त चन्दन तस्करीमा संलग्न थापा भने वैदेशिक रोजगारीमा रहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख ५ गते बुधवार