• २०७८ मङ्सिर ११ गते शनिवार
  • Preeti To Unicode

नेपालमा अड्डा जमाएको भारतीय जासुसी कार्यालय हटाउन नेकपाको चेतावनी, अटेरी गरे परिणाम गम्भीर (विज्ञप्तिसहित)


बैसाख ५, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमाण्डले विराटनगरमा रहेको बाढी नियन्त्रण कार्यालय हटाउन चेतावनी दिएको छ । नेकपाका पूर्वी कमाणड इन्चार्ज विरहीले विज्ञप्ति निकालेर बाढी नियन्त्रणको नाममा जासुसी गर्न भारतले उक्त कार्यालय स्थापना गरेको भन्दै तत्काल हटाउन भनेका छन् ।

“२०६५ सालमा कोशी नदीको बाढी नियन्त्रण गर्न बनाएको विराटनगर–१३ स्थित भारतीय बाढी नियन्त्रण कार्यालय अझै हटाइएको छैन र त्यसले नेपाल देश र क्रान्तिकारी आन्दोलनविरुद्ध जासुसी गरिरहेको छ । उक्त भारतीय जासुस कार्यालय हटाउन र हाम्रा नेता कार्यकर्ता रिहा गर्न माग गर्दछौं । अन्यथा साम्राज्यवाद र उसको नेपाली दलाल सरकारविरुद्ध थप संघर्षमा उत्रन बाध्य हुनेछौं” विरहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

केन्द्रीय सदस्य किरण राईसहित उदयपुर, सुनसरी, मोरङ, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, इलाम, झापालगायत स्थानबाट ५० भन्दा बढी कार्यकर्तालाई गिरफ्तार गरेर झूट्टा मुद्दामा फसाइएको भन्दै नेकपा पूर्वी कमाण्डले मंगलबार बन्द आयोजना गरेको थियो । नेकपाको बन्दले पूर्वी नेपाल ठप्प भएको थियो ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : २०७५ बैशाख ५ गते बुधवार