बैसाख ५, काठमाडौँ ।
पूर्व माअाेवादी नेता रवीन्द्र श्रेष्ठले देशका प्रधानमन्त्री र गृहमन्त्रीलार्इ जेल हाल्नु पर्ने बताएका छन् ।
देशकाे वार्षिक बजेटमा झन्डै अाधा रकम बेरूजु देखिनु देशकै बेज्जत हाे भन्दै उनले यसकाे सम्पूर्ण जिम्मेबारी देशकाे मुख्य नेतृत्व रहेका प्रधानमन्त्री र गृहमन्त्रीले लिनु पर्ने बताए ।
श्रेष्ठले सामाजिक संजालमा अाफ्नाे नीजि धारणा राख्दै पछिल्लाे समयमा राज्यमा देखा परेकाे भ्रष्टचार बढ्नुमा राज्यले नै भ्रष्टचारलार्इ संस्थागत गर्नुले यस्ताे स्थिति अाएकाे बताएका हुन् ।
उनले समाजिक संजालमा लेखेकाे विचार यस्ताे छ –
केही दिनअघि महालेखा परिक्षकले ५ खर्ब ८ अर्ब रुपैयाँ बराबरको सरकारी बेरुजुसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो । देशको बार्षिक बजेट भन्दा करीब आधा रकम बेेरुजु देखिन थाल्नु ख्याल ठट्टाको विषय होइन ।
विगतमा सामान्य प्रशासन मन्त्रालयमा सुन्य बेरुजु बनाउने तात्कालिन सचिव बालानन्द पौडेललाई पुरस्कृत गर्न केही एमाले नेताहरुले आफुले भनेको मान्छेलाई भंसार, मालपोत आदि ठाउँमा सरुवा गरिदिएन भनेर झण्डै मन्त्रालयबाटै काम न काजका ठाउँमा सरुवा गराउन खोजेका थिए । कर्मचारीतन्त्रलाई आफ्नो नोकर ठान्ने नेताहरुको बानी परिवर्तन गर्नु पनि सानो सानो क्रान्ति नै हो । तर यो क्रान्ति कहिले आउने हो ?
विगतमा लहरैसँग प्रहरी आइजिपिहरुमाथि भ्रष्टाचारको मुद्दा लाग्यो र कयौं जेल परे । तर आदेश दिने गृहमन्त्री र प्रधानमन्त्रीहरु किन जेल परेनन् ? ठुला वडाले सजाय नपाएसम्म कसरी परिवर्तनको अनुभूति हुन्छ ?