• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

दाङमा गाडी दुर्घटनाः एकजनाको मृत्यु, दुईजना गम्भीर घाईते


बैशाख ५, दाङ ।

दाङको घोराहीमा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार बिहान ५ः३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो ।

उनलाई ठक्कर दिने गाडीको भने पहिचान भएको छैन। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरर्गत दाङको देउखुरीमा बुधवार विहान ट्रकको ठक्करवाट दुईजना व्यक्ति गम्भीर घाइते भएका छन् ।

ठक्कर वाट लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी ३२ वर्षीया लक्ष्मी शाहा र उनकी छोरी १३ वर्षकी पुजा शाहा गम्भीर घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

शाहका आमा छोरीलाई लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट कारखाना वाट सिमेन्ट अनलोड गरि कृष्णनगर तर्फ जाँदै गरेको भारतिय युपी ४७ टी ३४३४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । जङ्गल वाट स्याउला लिएर घर तर्फ जादैँ गर्दा लमही नगरपालिका वडा नम्बर ६ अर्जुन खोलामा उनीहरुलाई उक्त ट्रकले ठक्कर दिएको थियो ।

घाईतेहरुलाई लमही अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि कोहलपुर रेफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्काले जानकारी दिए । ट्रक चालक र ट्रक लाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख ५ गते बुधवार