• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

पार्टी एकता हुने सम्भावना टरेको र चुनाव चिन्हमा सहमती नभएको प्रचण्डको घोषणा


बैसाख ५, चितवन ।
आफ्नो गृह जिल्ला चितवन पुगरे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी वैशाख ९ गते नै पार्टी एकता गर्न सम्भव नभएको घोषणा गरेका छन् । उनले सञ्चारमाध्यममा आएजस्तै चुनाव चिन्ह, सिद्धान्त र पदका विषयमा सहमती नभएको र टुंगो पनि लागि नसकेको स्पष्ट पारेका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले तयारी पुरा नभएकाले वैशाख ९ गते पार्टी एकीकरण हुने सम्भावना टरेको बताएका हुन् । तर उनले नेकपा एमाले सग बैशाख महिना भित्रमा भने पार्टी एकता हुने बताए ।

उनले एकीकृत पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने, निर्वाचन चिन्ह के राख्ने र एकताको मोडालिटी के हुने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच भोलि नै गम्भिर रुपमा छलफल हुने बताएका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख ५ गते बुधवार