बैसाख ५, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्युत् प्राधिकरण जलेश्वरमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
प्राधिकरणको तृतीय तहमा कार्यरत लालबावु पण्डित र चौथो तहमा कार्यरत बाबुसाहेव सिंहलाई बुधबार आयोगको टोलीले पक्राउ गरेको हो ।
विद्युतीय मिटरका लागि सेवाग्राहीसँग लिएको ३० हजार घुससहित उनीहरुलाई पक्राउ गरिएको अख्तियारको बर्दिबास सम्पर्क कार्यालयले जनाएको छ ।