• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

तिन दलीय सिण्डिकेटले ५० प्रतिशत पत्रकारको अधिकार खोस्यो भन्दै ७ पत्रकार संगठन एक ठाउँमा, गल्ती नसच्याए कडा आन्दोलन (बिज्ञप्तिसहित)


बैशाख ६, काठमाण्डौँ  ।
नेपाल पत्रकार महासंघको प्रदेश चुनावलाई लिएर नेपाली काँग्रेस नेकपा एमाले र माओवादी केन्द्र निकट ३ पत्रकार संगठनले गरेको गठबन्धनका विरुद्धमा अर्को मोर्चाबन्दी भएको छ ।

प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले आगामी प्रदेश चुनाबका लागि भन्दै गरेको भागबण्डाले महासंघको चाझा चरित्रलाई नै ध्वस्त पारेको भन्दै अन्य ७ पत्रकार संगठनहरुले बुधबार संयुक्त बिज्ञप्ति जारी गर्दै मोर्चाबन्दी गरेको घोषाणा गरेका छन्।

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट क्रान्तिकारी पत्रकार संगठन, नेपाल मोहन बैद्य ‘किरण नेतृत्वको क्रान्तिकारी माओवादी र अन्य साना दल निकट पत्रकारसंगठनले संयुक्त बिज्ञप्ति जारी गर्दै ३ दलीय सिण्डिकेटका विरुद्ध संघर्ष गर्ने बताएका छन् । अहिले नविकरणको मात्र मापदण्ड बनाएर शाखाको निर्वाचनमा सहभागी नभएका करिव ५० प्रतिशत सदस्यहरु प्रदेश निर्वाचनमा भोट हाल्ने अधिकारबाट बञ्चित हुने भन्दै शाखाको निर्वाचनमा सहभागी भएका सबै सदस्यहरुलाई मतदान अधिकार दिइनुपर्ने विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक हुन लागिरहेको प्रदेश चुनावका सम्बन्धमा ठूला भनिएका तीन संगठनले मंगलबार गरेको भागबण्डाको सहमतिप्रति गम्भीर असहमति राख्दै भागबण्डाको विरुद्ध जस्तोसुकै आन्दोलन गर्न परे पनि तयार रहने उनीहरुले बताएका छन् ।
संघर्षमा उत्रिने निर्णय गरेका ७ संगठनले ‘महासंघको साझा र छाता चरित्रलाई ध्वस्त पार्दै ३ दलीय सिण्डिकेटद्वारा सर्बसत्तावाद लाद्ने र अन्य संगठन तथा स्वतन्त्र पत्रकारहरुको अस्तित्वलाई निषेध गर्ने रणनीति अनुसार गरिएको सहमतिलाई कुनै पनि हालतमा नमान्ने निर्णय गरिएको क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउने बताए ।

यस्तै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले महासंघलाई अमूक पार्टीको भातृ संगठनमा परिणत गराउन खोज्ने यो सर्वसत्तावादी प्रवृत्तिको घोर भत्र्सना एवम् निन्दा गर्दै प्रदेश चुनावको सम्बन्धमा सरोकारवाला संगठनहरुसँग पर्याप्त परामर्श नगरी महासंघको वर्तमान नेतृत्वले चुनावी प्रक्रिया अगाडि बढाएकोप्रति कडा आपत्ति ब्यक्त गरिएको बताएका छन् ।

यस्तो छ बिज्ञप्ति

प्रकाशित मिति : २०७५ बैशाख ६ गते बिहिवार