• २०७७ मङ्सिर १० गते बुधवार
  • Preeti To Unicode

प्रचण्ड एमालेसँग विलय भएपनि विप्लवको नेतृत्वमा माओवादीहरूलाई एकताबद्ध गर्नुपर्छः गोपाल किराँती


बैशाख ६ ,काठमाडौ ।

माओवादी केन्द्रको पछिल्ला राजनीतिक गतिविधि लाई बेइमानी भन्दै आएका  नेता गोपाल किराँतीले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नयाँ पार्टी गठनको प्रस्ताव अगाडि सारेका छन् ।

उनले आज विज्ञप्ती जारी गर्दै माओवादीधारको केन्द्रीकरणमा निर्णायक पहल गर्न पनि विप्लवसँग आग्रह गरेका छन् ।

प्रचण्ड एमालेसँग विलय भएको भन्दै माओवादी केन्द्रका नेता कार्यकर्तालाई माओवादीधारामा फर्कन आह्ववान गरेका हून्।

किरातीले आफ्नो नेतृत्वमा नेकपा माओवादी केन्द्र गठन गरेको बताएका छन् ।

हेर्नुहोस यस्तो छ विज्ञप्ति :

प्रेस बिज्ञपति

१- ०७४ असोज देखी लगातार हाम्रो बिरोधका बावजुद एमाले -विलयमा हामफालेका प्रचण्ड समूह अहिले `निरीह लम्पसार ´ परेको देखिनु असाध्यै दु:खद कुरा हो । अत: सार्वजनिक आत्मालोचना गरि माओवादी धारामा फर्केर क. नेत्र बिक्रम चन्द (बिप्लब)को कार्यकारी नेतृत्वमा क. किरण सहितको एक शक्तिशाली माओवादी पार्टी पुनर्निर्माण मा अग्रसर हुन प्रचण्ड समक्ष हार्दिक आग्रह गर्द्छौ ।

२- क. नेत्र बिक्रम चन्द लाई माओवादी धाराको केन्द्रीकरणमा निर्णायक पहल लिन विशेष आग्रह गर्दछौ ।

गोपाल किराँती

सयोजक

नेकपा माओवादी (केन्द्र)

प्रकाशित मिति : २०७५ बैशाख ६ गते बिहिवार