• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

नेकपाका केन्द्रीय सदस्यसहित ४ नेता अपहरण शैलीमा गिरफ्तार !


बैसाख ६, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार र केन्द्रिय नेतासहित ४ जनालाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको छ ।

नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य राम लखन महत्तो, केन्द्रीय सदस्य तथा मधेशी मुक्ति मोर्चा नेपालका अध्यक्ष देवनारायण शाह, पार्टीका धनुषा जिल्ला इन्चार्ज राजु कार्की र सहिद तथा बेपत्ता परिवारका धनुषा जिल्ला अध्यक्ष यादव कवारीलाई धनुषा प्रहरीले गिरफ्तार गरेको छ ।

उनीहरुलाई बिहीबार बिहान ८ बजे पूर्व सभासद तथा केन्द्रीय सल्लाहकार राम लखनको महत्तोको महेन्द्रनगर बजारस्थित घरबाट गिरफ्तार गरेको हो । पार्टी संगठनको विशेष कामले जम्मा भइरहेका नेताहरुलाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको प्रति पूर्वी कमान्ड इन्चार्ज विरहीले तत्काल बिना सर्त रिहा नगरे संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

पछिल्लोसमय ओलीको नेतृत्वमा गठन भएलगत्तै सरकार नेकपामाथि ब्यापक धरपकड बढाएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख ६ गते बिहिवार