• २०७७ कार्तिक ४ गते मङ्गलवार
  • Preeti To Unicode

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीमा रहँदा बलात्कारको खतरा भएको भन्दै राजीनामा


बैशाख ६, मुम्बइ ।

फिल्म ‘रिभल्भर रानी’मा कंगना रनोटसँग काम गरिसकेकी बलिउड हिरोइन मलिका राजपुतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीबाट राजीनामा दिएकी छिन् । उनले पार्टीमा रहँदा आफ्नो अस्मिता खतरामा रहेको भन्दै राजीनामा दिएकी हुन् ।

मलिका राजपुत

उत्तर प्रदेश सुल्तानपुरकी मलिकाले भाजपाका राज्यसभा सदस्य ओम माथुरसँग भाजपाको युवा संगठनमा काम गरिरहेकी थिइन् । उनले कठुआ र उन्नाव सामूहिक बलात्कारका घटनाहरुलाई हेर्दा पछिल्लो अवस्थामा आफू भाजपामा सुरक्षित महसुस गर्न नसकेको बताएकी छिन् ।

जुन पार्टीले आफ्नो राजनैतिक फाइदाको लागि हिन्दू मुसलमान दंगा गराउँछ उसले राजनैतिक फाइदाको लागि महिलालाई समेत प्रयोग गर्न सक्ने आरोप लगाएकी छिन् ।

प्रकाशित मिति : २०७५ बैशाख ६ गते बिहिवार