• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

वामदेव गौतमले भने- ‘जनयुद्ध शब्द नराख्ने हो भने पार्टी एकता हुँदैन्’ (भिडियो सहित)


बैशाख ७, काठमाडाैं ।

नेकपा एमालेका उपाध्यक्ष एवं वाम एकताका सूत्राधारमध्येका एक वामदेव गौतमले एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख नगरे एकता हुन नसक्ने बताएका छन् ।माओवादीले १० वर्षसम्म सञ्चालन गरेको नौलो जनवादी क्रान्तिलाई जनयुद्ध भएको बताउदै अहिलेको राजनीतिक परिवर्तन र माओवादीको पहिचान भनेको जनयुद्ध भएको गौतमले बताएका छन् ।

कान्तिपुर टेलिभिजनको चर्चित टेलिभिजन टकशो फायरसाइडमा दिएको अन्तर्वार्तामा गौतमले भने, ‘माओवादीले सञ्चालन गरेको जनयुद्ध नै हो । उसको तागत, पहिचान र बल भनको जनयुद्ध नै हो ।’ वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम घोषणा गर्ने तयारी भएपनि भएपनि पछिल्लो समय केही ढिलासुस्ती देखिएको छ । भने दुई अध्यक्ष र एकता संयोजन समितिको बैठक पनि बस्न नसकिरहेको समयमा माओवादी नकिट नेताका रुपमा चिनिने एमालेका प्रभावशाली नेता गौतमले भने, माओवादीको पर्सनालिटी भनेको जनयुद्ध हो, वेट भनेकै जनयुद्ध हो । त्यो उल्लेख नभइ कसरी पार्टी एकता हुन्छ । त्यसमा एमालेको कुनै आपत्ति छैन् ।

उपाध्यक्ष गौतमले भने, ‘नेकपा माओवादीले सञ्चालन गरेको जुनयुद्ध र एमालेले गरेको संसदीय संर्घषका कारण र शान्तिपूर्ण आन्दोलनको सार आजको संघीय लोकतान्त्रिक गणतन्त्र हो । त्यसैले कसैको अवमूल्याङ्क गर्नु हुँदैन ।’

एमालेले जनयुद्धलाई स्वीकार गरेपनि एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्ध शब्द उल्लेख गर्ने विषयमा भने नमानेको बताइएको छ । पार्टीे र सरकारका नेतृत्वका बारेमा पनि टुंगो लगाउन वाँकी रहेको बताइएको छ । त्यसैगरी संगठनात्मक पदीय वाँडफाँडमा पनि कुरा अहिलेसम्म कुरा मिलेको छैन ।

प्रकाशित मिति : २०७५ बैशाख ७ गते शुक्रवार