• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी कार्यक्रमः सडक देखि चालकसम्म सक्षम हुनुपर्नेमा जोड


लेकाली अनलाइन
बैशाख ७, सल्यान ।
सल्यानमा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी दुईदिने जनचेतना मुलक कार्यक्रम गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजना र सल्यान रुकुम यातायात व्यवसायी समितीको सहयोगमा शारदा नगरपालीकाको बरलामा दुई दिने कार्यक्रम गरिएको हो । दुईदिन सम्म संचालन भएको कार्यक्रममा यातायात क्षेत्रमा कार्यरत गाडी चालक, सह चालक र गाडी मालिकहरुबिच प्रहरीले सवारी दुर्घटना न्युनिकरण सम्बन्धी छलफल गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक भरत विकले जानकारी दिए ।

शुक्रबार समापन भएको कार्यक्रमको सभाअध्यक्ष र प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी परमानन्द घिमीरेको रहेको थियो । कार्यक्रममा बोल्दै प्रजिअ घिमीरेले सबै सहज र सक्षम भएमा सवारी दुर्घटना कम हुने बताएका छन् । उनले चालक अनुमती पत्र भएकाले मात्रै सवारी चलाउन आग्रह गरेका छन् । उनले भने— “यदी कसैले कानुन मिचेर सवारी संचालन गर्छ भने तुरुन्त हामीलाई खबर गर्नुहोस् हामी कारबाही गरेर देखाउछौँ ।”

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सवारी दुर्घटना न्युनिकरण गर्न सडकको स्थर उन्नती गर्नुपर्ने, पुरा गाडीहरुलाई व्यवस्थापन गर्नुपर्ने, चालकले मादक पद्धार्थ सेवन गरेर गाडी नचलाउनु पर्ने, तिव्र भएको गतीलाई कम गनुपर्ने लगाएतका कुराहरु राखेका थिए ।

कार्यक्रममा प्रजिअ घिमीरे, सल्यानका प्रहरी नायव उपरिक्षक भरत विक, सल्यान रुकुम यातायातका महासचिव अर्विन्द कुमार राई लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख ७ गते शुक्रवार