• २०७७ असोज ८ गते बिहिवार
  • Preeti To Unicode

विधानमा ‘जनयुद्ध’ राख्न विदेशीले मान्दैनन्, ५०-५० हिस्सा ज्यान गए हुँदैनः केपी ओली


बैशाख ८, काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धका कारण अन्तर्राष्ट्रिय जगतले माओवादी केन्द्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताएका छन् । शुक्रबार भएको वार्तामा ओलीले अन्तर्राष्ट्रिय जगतको दृष्टिकोण परिवर्तन नभएकै कारण एकीकृत पार्टीको विधानमा जनयुद्ध शब्द राख्न नसकिने बताए ।

“१० वर्षे जनयुद्ध र त्यसले र्पुयाएको मानवीय एवं भौतिक संरचनाको क्षतिका आधारमा आज पनि अन्तर्रा्ष्ट्रिय जगतले माओवादीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । यस्तो अवस्थामा एकीकृत पार्टीको विधानमै जनयुद्ध शब्द राख्न सकिँदैन” स्रोतले उदृत गर्दै अन्नपूर्ण पोष्टले समाचार लेखेको छ ।

जनयुद्ध शब्द राख्न प्रचण्डले दबाब दिएपनि ओलीले ठाडै अस्वीकार गरेका छन् । त्यसैगरी पार्टी संगठनमा ५०/५० को हिस्सेदारीलाई ओलीले अस्वीकार गरेका छन् । “कुनै हालतमा ५०÷५० हुन सक्दैन । यसले पार्टीलार्ई एकता होइन, अनेकतामा पुर्याउन सक्छ’, ओलीले प्रचण्डसँग भने ।
शुक्रबारको बैठकमा ‘जनयुद्ध’लाई एकीकृत पार्टीको विधानमा राख्न र केन्द्रीय नेतृत्वमा समान हिस्सेदारी सिद्धान्त अनुमोदन गर्न दाहालको आग्रहलाई ओलीले ठाडै अस्वीकार गरेको स्रोतको दाबी छ ।

ओलीले निर्वाचनका बेला उम्मेदवारी दिँदा भएको ७०/३० को रेसियोमा पार्टी संगठनमा जिम्मेवारी बाँडफाँडमा जोड दिएका थिए । संगठन सहभागितामा केही लचिलो हुँदै ओलीले पूर्ववत् सहमतिमा एक÷दुई प्रतिशत तलमाथि गर्न सकिने बताएका थिए । नेताद्वयको वार्ताबारे जिज्ञासा राख्दा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले एमाले र माओवादीबीच पार्टी एकतामा नेताद्वय प्रतिबद्ध रहेकाले वार्ता पनि एकतातर्फ नै केन्द्रित रहेको बताए ।

माओवादी सचिवालय सदस्य मणि थापाले ‘जनयुद्ध’ शब्द विधानमै राखेर पार्टी एकता नगर्न शक्तिकेन्द्रबाट दबाब आएको हुन सक्ने बताए । थापाले भने, “प्रचण्डले पार्टीको केन्द्रीय निकायमा समान हिस्सेदारीको अवधारणा ल्याउँदा भविष्यमा पार्टी कब्जा हुन्छ कि भन्ने ओलीको चिन्ता हुन सक्छ ।” अनलाइन डबलीबाट

प्रकाशित मिति : २०७५ बैशाख ८ गते शनिवार