• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

घाँस काट्न हिँडेकी सात वर्षीया बालिकाको हत्या


वैशाख ८,  विराटनगर ।

मोरङको सुनवर्षी नगरपालिका–७ मा एक बालिकाको शुक्रबार हत्या भएको छ ।

मलदैया टोल बस्ने ताइफुर मियाँकी सात वर्षीया छोरी आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर उत्तरमा रहेको मकैबारीमा हत्या गरिएको अवस्थामा शुक्रबार साँझ फेला परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

घाँस काट्न हिँडेकी बालिका साँझसम्म नफर्केपछि आफन्तले खोजतलास गर्दा शव फेला परेको थियो । शव परीक्षणका लागि रंगेली अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख ८ गते शनिवार